वाइडबडीको सम्झौता गर्न काठमाडौं आउँदै एएआर
काठमाडौं । नेपाल वायुसेवा निगमलाई वाइड बडी जहाज बेच्ने ग्लोबल टेन्डर हात पारेको अमेरिकी कम्पनी एएआर कर्पोरेसन खरिद सम्झौताको लागि चैत २६ गते काठमाडौं आउने भएको छ ।
जहाज खरिद–बिक्री सम्झौताबारे एएआर र नेपाल बायु सेवा निगमले छलफल गरिसकेका छन् ।
हालै मात्रै पनि यी दुई बिच खरिद सम्झौताको छलफल सम्पन्न भएको छ । अहिले एएआर र बायु सेवा निगम खरिद सम्झौता गर्ने तयारीमा रहेका छन् ।
खरिद सम्झौताका लगि नै एएआर चैत्र २६ गते नेपाल आउन लागेको हो । बेलाबेलामा भएको छलफल पश्चात खरिद सम्झौताको तयारीका साथ नेपाल आउन लागेको नेपाल बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए ।
कंसाकारले भने ‘भर्खरै मात्रै पनि हामीले खरिद सम्झौताको बारेमा एएआरसंग छलफल गरेका छौ , चैत्र २६ गते एएआर सम्झौताको लागि नेपाल आउँदैछ ।’
माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । निगमले फागुन ४ गते दुईथान वाइड बडी जहाज खरिद गर्न एएआरलाई बैनास्वरूप १० लाख अमेरिकी डलर पनि पठाइसकेको छ ।
बैना पाएपछि नै एएआरले निगमलाई खरिद सम्झौताको मस्यौदा पठाएको थियो । एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो । जसअनुसार दुई जहाजका लागि निगमले करिब साढे २२ अर्ब रुपैयाँ तिर्नुपर्ने छ ।
२०१८ को जनवरी सम्ममा दुबै जहाज ल्याउने निगमको तयारी छ । कंसाकार भन्छन् ‘२०१८ को जनवरी भित्रै वाइड बडि भित्राउने हामीले याृजना बनाएका छौ त्यही अनुसार एएआर र निर्माण कम्पनीसंग कुराकानी गरिरहेका छौ ।’
वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३० २००’ जहाज खरिदका लागि खोलेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।
जसमा एएआर कम्पनीले नयाँ विमान नै उपलब्ध गराउने बताएको छ । निगमले उडान भरिसकेको जहाज भएपनि हुने भनेर टेण्डर खोलेको थियो । तर एएआरले निगमलाई नयाँ जहाज नै कम रकम दिलाउने प्रतिबद्धता जनाएपछि टेण्डर एएआरले हात पारेको थियो ।
एएआरले निगमलाई उपलब्ध गराउन लागेको एयरबस पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरवससँग खरिद अर्डर गरेको थियो ।
तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, सोहि विमानलाई एएआरले सकारेर वायु सेवा निगमलाई बेच्न लागेको हो । निगमले दुईवटा एयर बसलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गरेको थियो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












