वाइडबडीको सम्झौता गर्न काठमाडौं आउँदै एएआर
काठमाडौं । नेपाल वायुसेवा निगमलाई वाइड बडी जहाज बेच्ने ग्लोबल टेन्डर हात पारेको अमेरिकी कम्पनी एएआर कर्पोरेसन खरिद सम्झौताको लागि चैत २६ गते काठमाडौं आउने भएको छ ।
जहाज खरिद–बिक्री सम्झौताबारे एएआर र नेपाल बायु सेवा निगमले छलफल गरिसकेका छन् ।
हालै मात्रै पनि यी दुई बिच खरिद सम्झौताको छलफल सम्पन्न भएको छ । अहिले एएआर र बायु सेवा निगम खरिद सम्झौता गर्ने तयारीमा रहेका छन् ।
खरिद सम्झौताका लगि नै एएआर चैत्र २६ गते नेपाल आउन लागेको हो । बेलाबेलामा भएको छलफल पश्चात खरिद सम्झौताको तयारीका साथ नेपाल आउन लागेको नेपाल बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए ।
कंसाकारले भने ‘भर्खरै मात्रै पनि हामीले खरिद सम्झौताको बारेमा एएआरसंग छलफल गरेका छौ , चैत्र २६ गते एएआर सम्झौताको लागि नेपाल आउँदैछ ।’
माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । निगमले फागुन ४ गते दुईथान वाइड बडी जहाज खरिद गर्न एएआरलाई बैनास्वरूप १० लाख अमेरिकी डलर पनि पठाइसकेको छ ।
बैना पाएपछि नै एएआरले निगमलाई खरिद सम्झौताको मस्यौदा पठाएको थियो । एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो । जसअनुसार दुई जहाजका लागि निगमले करिब साढे २२ अर्ब रुपैयाँ तिर्नुपर्ने छ ।
२०१८ को जनवरी सम्ममा दुबै जहाज ल्याउने निगमको तयारी छ । कंसाकार भन्छन् ‘२०१८ को जनवरी भित्रै वाइड बडि भित्राउने हामीले याृजना बनाएका छौ त्यही अनुसार एएआर र निर्माण कम्पनीसंग कुराकानी गरिरहेका छौ ।’
वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३० २००’ जहाज खरिदका लागि खोलेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।
जसमा एएआर कम्पनीले नयाँ विमान नै उपलब्ध गराउने बताएको छ । निगमले उडान भरिसकेको जहाज भएपनि हुने भनेर टेण्डर खोलेको थियो । तर एएआरले निगमलाई नयाँ जहाज नै कम रकम दिलाउने प्रतिबद्धता जनाएपछि टेण्डर एएआरले हात पारेको थियो ।
एएआरले निगमलाई उपलब्ध गराउन लागेको एयरबस पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरवससँग खरिद अर्डर गरेको थियो ।
तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, सोहि विमानलाई एएआरले सकारेर वायु सेवा निगमलाई बेच्न लागेको हो । निगमले दुईवटा एयर बसलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गरेको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












