चैत्र ३० गतेदेखि प्रभु इन्स्योरेन्सको हकप्रद,यी ठाउँबाट दिन सकिन्छ आवेदन
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन चैत ३० गतेदेखि सुरु हुने भएको छ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् ।
प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ ।
३८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । हकप्रद समेत निष्काशन गरेपछि प्रभुको चुक्ता पूँजी ५७ करोड ७७ लाख रुपैयाँ नाघ्नेछ । कम्पनीले धितोपत्र बोर्डबाट फागुन १२ गते हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












