बीमा कम्पनीको नयाँ चुक्तापूँजी तोकियो
काठमाडौं । जीवन बीमा समितिले जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ । २०४९ सालको बीमा ऐनमा कायम गरिएको चुक्ता पूँजीको दायरालाई चार गुणाले बढाइएको हो ।
जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी दुई अर्ब र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी चाहिँ एक अर्ब बनाउने पर्ने निर्णय समितिले गरेको जीवन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।
२०७५ सालको असार मसान्तसम्ममा अनिवार्य रूपमा समितिले तोकेको चुक्ता पूँजी बढाउनुपर्ने गरी निर्णय गरिएको हो । ‘विगत लामो समयदेखि यो विषयमा विवाद रहेको थियो,’ चापागाईंले भने, ‘अन्ततः हामीले यो विषयलाई टुंग्याएका छौं ।’
पहिले ऐन बनाउँदा ऐनमै चुक्ता पूँजी तोकिएको भएपनि अहिले त्यो विषय हटाइएको उनले बताए । ‘पहिले कमजोरीस्वरूप त्यहाँ सीमा तोकिएको थियो, यो ऐनमा उल्लेख गर्ने विषय थिएन,’ उनले भने, ‘बन्दै गरेको नयाँ ऐनमा चाहिँ हामीले बीमा समितिले तोकेअनुसार चुक्ता पूँजी बनाउनुपर्ने व्यवस्था गरिएको छ ।’
उनले बैंक तथा अरू वित्तीय संस्थाले केन्द्रीय बैंकले तोकेअनुसार बनाउनुपर्ने प्रचलन रहेबमोजिम बीमाहरूले चाहिँ बीमा समितिले तोकेअनुसार बनाउनुपर्ने निर्णय गरिएको हो । उनका अनुसार बीमा कम्पनीहरूले बोनस तथा हकप्रदमार्फत चुक्ता पूँजी तोक्नेछन् ।
चापागाईंका अनुसार नयाँ बन्न थालेको ऐन अहिले अर्थ मन्त्रालयबाट कानून मन्त्रालयमा गएको छ । त्यहाँबाट अर्थ मन्त्रालयमा फिर्ता भएपनि ऐन मन्त्रिपरिषदमा जानेछ । त्यहाँबाट सदनमा विधेयक प्रस्तुत गरिनेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












