बीमा कम्पनीको नयाँ चुक्तापूँजी तोकियो
काठमाडौं । जीवन बीमा समितिले जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ । २०४९ सालको बीमा ऐनमा कायम गरिएको चुक्ता पूँजीको दायरालाई चार गुणाले बढाइएको हो ।
जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी दुई अर्ब र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी चाहिँ एक अर्ब बनाउने पर्ने निर्णय समितिले गरेको जीवन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।
२०७५ सालको असार मसान्तसम्ममा अनिवार्य रूपमा समितिले तोकेको चुक्ता पूँजी बढाउनुपर्ने गरी निर्णय गरिएको हो । ‘विगत लामो समयदेखि यो विषयमा विवाद रहेको थियो,’ चापागाईंले भने, ‘अन्ततः हामीले यो विषयलाई टुंग्याएका छौं ।’
पहिले ऐन बनाउँदा ऐनमै चुक्ता पूँजी तोकिएको भएपनि अहिले त्यो विषय हटाइएको उनले बताए । ‘पहिले कमजोरीस्वरूप त्यहाँ सीमा तोकिएको थियो, यो ऐनमा उल्लेख गर्ने विषय थिएन,’ उनले भने, ‘बन्दै गरेको नयाँ ऐनमा चाहिँ हामीले बीमा समितिले तोकेअनुसार चुक्ता पूँजी बनाउनुपर्ने व्यवस्था गरिएको छ ।’
उनले बैंक तथा अरू वित्तीय संस्थाले केन्द्रीय बैंकले तोकेअनुसार बनाउनुपर्ने प्रचलन रहेबमोजिम बीमाहरूले चाहिँ बीमा समितिले तोकेअनुसार बनाउनुपर्ने निर्णय गरिएको हो । उनका अनुसार बीमा कम्पनीहरूले बोनस तथा हकप्रदमार्फत चुक्ता पूँजी तोक्नेछन् ।
चापागाईंका अनुसार नयाँ बन्न थालेको ऐन अहिले अर्थ मन्त्रालयबाट कानून मन्त्रालयमा गएको छ । त्यहाँबाट अर्थ मन्त्रालयमा फिर्ता भएपनि ऐन मन्त्रिपरिषदमा जानेछ । त्यहाँबाट सदनमा विधेयक प्रस्तुत गरिनेछ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












