सेयर बजारमा ‘सर्किट ब्रेक’
काठमाडौँ । धितोपत्र बजारमा आज दुई पटक सर्किट ब्रेक लगाउनुपरेको छ । अत्याधिक रुपमा बजार बढेपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाएको छ ।
एक हजार ५८७ विन्दुबाट सुरु भएको कारोबार ७९.४७ विन्दुले बढेर एक हजार ६६७ मा पुगेको छ । अस्वाभाविक रुपमा बजार बढ्नुको पछाडि स्थानीय तहको निर्वाचनको सुनिश्चिता बढेको र ‘क्रेडिट क्रन्च’मा समेत सुधार भएपछि बजारमा उछाल आएको हो ।
कुल १३४ कम्पनीको १६ लाख ७५ हजार ३१८ कित्ता सेयर रु ९६ करोड ४२ लाख ४६ हजार ३२७ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । ‘क’ वर्गका संस्थाको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १६.३८ विन्दुले परिवर्तन भएको छ ।
स्टकका अनुसार बैंकिङ ७०.६ प्रतिशत, होटल ८७.१३, विकास बैंक ८८.२९, जलविद्युत् ६८.९१, फाइनान्स १६.७५, बिमा ७३३.३७, उत्पादन समूह ३१.०९ र अन्य समूह ७.८१ प्रतिशतले वृद्धि भएको छ । आज बिमा समूहको सेयर कारोबार बढी भएको देखिएको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












