सेयर बजारमा ‘सर्किट ब्रेक’
काठमाडौँ । धितोपत्र बजारमा आज दुई पटक सर्किट ब्रेक लगाउनुपरेको छ । अत्याधिक रुपमा बजार बढेपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाएको छ ।
एक हजार ५८७ विन्दुबाट सुरु भएको कारोबार ७९.४७ विन्दुले बढेर एक हजार ६६७ मा पुगेको छ । अस्वाभाविक रुपमा बजार बढ्नुको पछाडि स्थानीय तहको निर्वाचनको सुनिश्चिता बढेको र ‘क्रेडिट क्रन्च’मा समेत सुधार भएपछि बजारमा उछाल आएको हो ।
कुल १३४ कम्पनीको १६ लाख ७५ हजार ३१८ कित्ता सेयर रु ९६ करोड ४२ लाख ४६ हजार ३२७ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । ‘क’ वर्गका संस्थाको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १६.३८ विन्दुले परिवर्तन भएको छ ।
स्टकका अनुसार बैंकिङ ७०.६ प्रतिशत, होटल ८७.१३, विकास बैंक ८८.२९, जलविद्युत् ६८.९१, फाइनान्स १६.७५, बिमा ७३३.३७, उत्पादन समूह ३१.०९ र अन्य समूह ७.८१ प्रतिशतले वृद्धि भएको छ । आज बिमा समूहको सेयर कारोबार बढी भएको देखिएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












