अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सम्पन्न,७३ लाखभन्दा बढीको कारोबार
काठमाडौं । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा बिहिबार बाट सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो ७३ लाख बढीको कारोबार गर्दै सम्पन्न भएको छ । “शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ सम्पन्न भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको थियो ।
अपेक्षा गरेको जस्तै कारोबार भएको बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय मेला कारोबार सँगै प्रबद्र्धन गर्न पनि सफल भएको बताए । मेलामा फ्लोरिकल्चर ब्यबशायमा प्रयोगमा आएका अन्तर्राट्रिय प्रबिधीका बारेमा पनि अबलोकनकर्ताले जानकारी पाएको बताउँदै अध्यक्ष कसजुले ब्यापारबाट प्राय सबै ब्यबशायी खुशी रहेको दाबी गरे ।
मेला अबधीभर ६६ हजार बढी अबलोकन कर्ता र फूल पारखी मेला अबलोकनका लागि आएको बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानका कार्यक्रम संयोजक जेबि तामाङले अघिल्लो बर्षहरुमा भएका मेलामा भन्दा यस बर्ष फूल तथा बोटबिरुवा खरिद गर्नेहरु धेरै रहेको जानकारी दिए ।
एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार, दोस्रो दिन १६ लाख १९ हजार, शनिबार २५ लाख ७१ हजार र मेलाको अन्तिम दिन आइतबार १९ लाख ६८ हजार बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका महासचिब मिन बहादुर तामाङले जानकारी दिए । मेलाको उद्घाटन भएको दिन १२ हजार ५ सय, दोस्रो दिन १४ हजार ९ सय ५० , तेस्रो दिन शनिबार १२ हजार ६ सय तथा मेलाको अन्तिम दिन आइतबार १७ हजार ७ सय ५० बढी अबलोकनकर्ताले प्रदर्शनीमा अबलोकन गर्न आएको मेला संयोजक दिलिप बादेले बताए । प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरुलाइ मेलामा सहभागी गराइएको थियो ।
मेलामा सहभागि एग्रीप्लाष्ट टेक इन्डियाका माकेटिङ मेनेजर सुभांकर दत्ता गुप्ताले मेला अन्तर्राष्ट्रिय स्तरको भएको बताउँदै आफू हरेक बर्ष नेपालमा हुने मेला अबलोकनका लागि आउने गरेको बताए । उनले मेला गर्नका लागि बर्षेनी ठाउँ कम हुँदै गएको र यसका लागि नेपाल सरकार र फ्यानले पहल गर्नुपर्ने बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












