बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण
बारपाक (गोरखा), २१ चैत । ‘गोरखा भूकम्प’को केन्द्र गोरखाको सुलिकोट गाउँपालिका–२ स्थित बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । केयर नेपालले स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत रु १५ लाख २४ हजार सात सय ६७ लगानी गरी भवन निर्माण गरेको हो ।
केयर नेपालका खाद्य सुरक्षा तथा जीविकोपार्जन अधिकृत लेखनाथ अधिकारीले कृषि उपज सङ्कलन गरी केन्द्रमा भण्डारण गर्ने र बजारीकरण गर्न सहज भएपछि यहाँका किसान खुसी भएको बताउनुभयो । भूकम्पपछि भूकम्पपीडितको जीविकोपार्जनमा सुधार ल्याउन तरकारीका बीउ वितरण गर्नेदेखि बेमौसमी तरकारी खेतीका लागि टनेललगायत सहयोग गरिएको केयरले जनाएको छ ।
यस्तै केयरले स्वाँरा सघन गाउँ विकास केन्द्रको समन्वयमा धार्चे गाउँपालिका–५ गुम्दामा आलुको बीउ भण्डारण गर्ने रस्टिक स्टोर भवन पुनर्निर्माण गरेको छ । जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी निर्माण गरिएको भवनमा आलुको बीउ भण्डारण गर्ने बताइएको छ । रु १२ लाख ७८ हजार दुई सय ७१ लगानी गरी भवन पुनःर्निर्माण गरिएको केयर नेपालका गोरखास्थित प्रमुख माधव ढकालले जानकारी दिनुभयो ।
आलु उत्पादनको पकेट क्षेत्रमा गुम्दा पर्छ । गुम्दामा बर्सेनि आलु उत्पादन भए पनि बर्खाका बेला पहिरोले कच्ची सडक अवरुद्ध गर्दा बजारीकरणमा समस्या हुँदै आएको आलु उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष कर्ण माइला गुरुङले बताउनुभयो । “गुम्दाका हरेक घरमा दुई सय मुरी आलु उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “यहाँको मुख्य बाली नै आलु हो । उत्पादन भएको आलु बजारसम्म झार्न सकिएको छैन ।”
रस्टिक स्टोर सञ्चालनमा आएपछि आलुको बीउ भण्डारणमा सहज हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताउनुभयो । गुम्दामा चार सय रोपनी क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । स्थानीय शिक्षक सुनिल गुरुङले बीउ, आलु र तरकारी खाने आलु भण्डारण गर्ने बेग्लाबेग्लै भवन आवश्यक परेको बताउनुभयो । रस्टिक स्टोरमा भण्डारण गरेको बीउ आलु बेचेर किसानले फाइदा लिन सक्ने उहाँको भनाइ छ ।
केयरले गुम्दामा अलैँची खेती विस्तारका लागि ३० हजार अलैँचीका बिरुवा वितरण गरेको छ । यस्तै अलैँची सिँचाइका लागि रु छ लाख बजेट विनियोजन गरी पाइपमार्फत पानी ल्याएर अलैँची सिँचाइ गरिने बताइएको छ । स्वाँरा सघनका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले आलु बेचेरै गुम्दाका किसानले जीविकोपार्जनमा सुधार ल्याउनसक्ने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












