पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारीमा निगम
चैत,२२ काठमाडौं । नेपाल आयल निगम नाफामा गएपनि तेलको मूल्य बढाउने तयारीमा लागेको छ । आयल निगमले पेट्रोलको मूल्य बढाउने गरी आपूर्ति मन्त्रालयमा प्रस्ताव लैजाने गृहकार्य थालेको हो ।
निगम स्रोतका भन्यो वैशाख लागेपछि चुनावको मुखमा तेलको मूल्य बढाउन नसकिने भएकाले अहिले नै मूल्यवृद्धि गर्न लागिएको हो ।भारतीय आयल कर्पोरेशन ‘आईओसी’ ले तीन दिन अघि पठाएको मूल्य सूचीले आयल निगम ३ महिनापछि फेरि नाफामा गएको छ ।
नयाँ मूल्य सूचीअनुसार आयल निगमलाई अहिले पेट्रोलमा लिटरमै ६ रुपैयाँ २५ पैसा नाफा छ । डिजेलमा पनि १ रुपैयाँ ४७ पैसा नाफा छ । मट्टीतेलमा १६ रुपैयाँ ९१ पैसा नाफा हुने निगमलाई आन्तरिकतर्फको हवाइ इन्धनमा ९ रुपैयाँ २५ पैसा र अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनमा १६ रुपैयाँ ८७ पैसा नाफा छ ।
ग्यासमा प्रतिसिलिन्डर २५३ रुपैयाँ घाटा बेहोरेको निगमलाई अन्य प्रोडक्टमा भएको नाफाले महिनामा ६ करोड रुपैयाँ नाफा भइरहेको छ । तर, पनि निगमलाई यति नाफाले पुगेको छैन ।
पुसको सुरुवातीमा पनि तेलको मूल्य बढाइएको थियो ।
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%AF%E0%A5%81%E0%A4%B0%E0%A5%8B-%E0%A5%AA-%E0%A4%AE%E0%A4%BE%E0%A4%AA%E0%A4%A6%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%95%E0%A5%8B-%E0%A4%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%A8/
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












