पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारीमा निगम
चैत,२२ काठमाडौं । नेपाल आयल निगम नाफामा गएपनि तेलको मूल्य बढाउने तयारीमा लागेको छ । आयल निगमले पेट्रोलको मूल्य बढाउने गरी आपूर्ति मन्त्रालयमा प्रस्ताव लैजाने गृहकार्य थालेको हो ।
निगम स्रोतका भन्यो वैशाख लागेपछि चुनावको मुखमा तेलको मूल्य बढाउन नसकिने भएकाले अहिले नै मूल्यवृद्धि गर्न लागिएको हो ।भारतीय आयल कर्पोरेशन ‘आईओसी’ ले तीन दिन अघि पठाएको मूल्य सूचीले आयल निगम ३ महिनापछि फेरि नाफामा गएको छ ।
नयाँ मूल्य सूचीअनुसार आयल निगमलाई अहिले पेट्रोलमा लिटरमै ६ रुपैयाँ २५ पैसा नाफा छ । डिजेलमा पनि १ रुपैयाँ ४७ पैसा नाफा छ । मट्टीतेलमा १६ रुपैयाँ ९१ पैसा नाफा हुने निगमलाई आन्तरिकतर्फको हवाइ इन्धनमा ९ रुपैयाँ २५ पैसा र अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनमा १६ रुपैयाँ ८७ पैसा नाफा छ ।
ग्यासमा प्रतिसिलिन्डर २५३ रुपैयाँ घाटा बेहोरेको निगमलाई अन्य प्रोडक्टमा भएको नाफाले महिनामा ६ करोड रुपैयाँ नाफा भइरहेको छ । तर, पनि निगमलाई यति नाफाले पुगेको छैन ।
पुसको सुरुवातीमा पनि तेलको मूल्य बढाइएको थियो ।
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%AF%E0%A5%81%E0%A4%B0%E0%A5%8B-%E0%A5%AA-%E0%A4%AE%E0%A4%BE%E0%A4%AA%E0%A4%A6%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%95%E0%A5%8B-%E0%A4%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%A8/
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












