चौधरी ग्रुपको बनौं आदर्श नागरिक अभियान सुरु, घाइतेलाई अस्पताल लैजाँदा ११ सय दिने
चैत २५, काठमाडौं । चौधरी ग्रुपको सीजी फूड्स नेपाल प्रालिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी बनौं आदर्श नागरिक अभियान सुरु गरेको छ ।
आमनागरिकलाई असल व्यवहारप्रति जागरुक बनाउने उद्देश्यले यो अभियान शुरु गरेकोे सिजीले जानकारी दिएको छ । एस अभियानको लक्ष्य हरेक नेपालीलाई आदर्श नागरिक बन्न अभिप्ररित गर्दै एउटा मञ्च खडा गर्नुरहेको बताइएको छ ।
घाइतेलाई तल्काल उपचारका लागि नजिकको अस्पताल पुर्याइ सहयोग गरेमा , त्यस्ता सहयोग गर्ने व्यक्तिलाई वाइवाइले आर्थिक सहयोगस्वरुप १ हजार १ सय रुपैयाँ प्रदान गर्ने सीजीले जानकारी दिएको छ । यसले घाइतेको तत्काल उपचार कार्यमा विनाहिच्किचाहट आम मानिसले खुलेर सहयोग गर्ने अपेक्षा गरिएको छ ।
वाइवाइले टिभी विञापनको सहायताले नेपाली नागरिकलाई त्यस्ता घाइते अवस्थामा परेको सहयोगमा अग्रसर हुन तथा तत्काल अस्पताल पुर्याउने कार्यमा जुटनकालागि अभिप्ररित गर्ने बताइएको छ । सीजीले यस अभियानमा ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग समन्वय गरी अगाडि बढ्न लागेको जनाएको छ ।
ट्राफिक प्रहरीबाट प्राप्त सूचनाको आधारमा दुर्घटनामा परेको उद्धदार कार्यमा जुट्ने नागरिकको पहिचान गरी उनीहरुलाई पुरस्कृत गरिने जानकारी दिइयो । वाइवाइले सँयुक्त राष्ट्र सङको हातधुने कार्यक्रममा समेत आबद्ध भई नेपालमा विक्री गरिने वाइवाइको हरेक प्याकेट तथा कार्टुनमा विगत लामो समयदेखि जनचेतनामूलक सन्देश दिदै आइरहेको छ ।
त्यस्तै वाइवाइ विभिन्न विद्यालयका कार्यक्रममार्फत नेपालमा शिक्षा तथा खेलकुद सम्बद्ध क्रियाकलापको प्रोत्साहन गर्ने उद्देश्यले सक्रियरुपमा लागिपरेका कम्पनीले जानकारी दिएको छ । हाम्रो ज्ञान उदय आयोजना मार्फत वाइवाइले हजारौं बालबालिकालाई छात्रवृति उपलब्ध गराउँदै आइरहेको छ । साथै , वाइवाइ नेपालको १९ वर्षमुनिका महिला तथा पुरुष दुवै राष्ट्रिय क्रिकेट टीमको प्रयोजनसमेत बनेको छ । (आर्थि अभियान राष्ट्रिय दैनिक)
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












