एस डेभलपमेन्ट बैंक खरिद गर्ने प्रस्ताव इन्भेष्टमेन्टको विशेष साधारणसभाबाट पारित
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई खरिद गर्ने भएको छ ।
इन्भेष्टमेन्टको शुक्रबार राजधानीमा सम्पन्न विशेष साधारणसभाले एसलाई खरिद गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंक व्यवस्थापनलाई खरिद प्रक्रिया अघि बढाउन बाटो खुला भएको छ । एसलाई खरिद गरेपछि इन्भेष्टमेन्टको चुक्ता पुँजी ९ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ ।
हाल इन्भेष्टमेन्टको ८ अर्ब ७४ करोड रुपैयाँ र एसको १ अर्ब २० करोड रुपैयाँ चुक्तापुँजी छ ।
अब बैंकको निक्षेप १ खर्ब ३४ अर्ब, कर्जा लगानी १ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने छ । पूँजी पर्याप्तता अनुपात १३।९ प्रतिशत पु्ग्नेछ । एसको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत रहनेछ ।
एस डेभलपमेण्ट बैंकलाई १ सय बराबर ४१ शेयर अनुपातमा खरिद गरिने निर्णय भएको छ । हाल इन्भेष्टमेण्ट बैंकको ४७ वटा शाखा छन् । यस्तै एसका १२ वटा शाखा छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












