अरुण काबेली पावर लिमिटेडको १ करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत

चैत २६, काठमाडौँ । अरुण काबेली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले प्रवद्र्धन गरेको अरुण काबेली पावर लिमिटेडको १ करोड ५० लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्चेन्जमा आज सूचीकृत गरेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड हुँदै स्टकमा आज सो परिमाणको सेयर साधारण सेयरका रुपमा सूचीकृत भएको कम्पनीमा कार्यकारी अध्यक्ष गुरु न्यौपानेले बताएका छन्
शेयरको प्रारम्भिक मूल्य रु । ९९ देखि रु। २९७ सम्म रहेको छ । कम्पनीको जम्मा २९ लाख १० हजार कित्ता साधारण शेयर आगामी बैशाख तीन गतेबाट खरिद बिक्री गर्न सकिनेछ ।
संस्थापक शेयरधनीहरुको १ करोड ५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको १५ लाख कित्ता र कम्पनीमा कार्यारत कर्मचारीहरुको ९० हजार कित्ता प्राथमिक सेयर गत पुस ४ गते प्राथमिक शेयर निष्काशनको बाँडफाँडको मितिले ३ वर्षसम्म लक इन हुनेछ र सो अवधि सकिएपछि २०७६ पुस पाँच गते देखि स्वतः फुकुवा हुनेछ ।
यो नेप्सेमा सूचिकृत हुने १२ औं जलविद्युत कम्पनी हो । यस कम्पनीको शेयर रजिष्ट्रार कम्पनी आफैले गर्ने भएको कारण शेयर सम्बन्धि अन्य जानकारी कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाण्डौमा रहेको शेयर शाखाबाट थाहा पाउन सकिन अध्यक्ष न्यौपानेले जानकारी दिए ।
कम्पनीको शेयर शाखा आइतबार देखि बिहिबार सम्म बिहान १० बजे देखि दिउसो ३ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि दिउसो १ बजे सम्म खुल्ला रहनेछ ।
प्राथमिक शेयर निष्काशनमा आवेदन गर्दा हितग्राही खातामा उपलब्ध गराउनु भएका शेयरधनीहरुको शेयर सिधै, सम्बन्धित हितग्राही खाता जम्मा हुनेछ यदि गलत हितग्राही खाता प्रदान गर्नु भएका र हितग्राही खाता प्रदान नगर्नु भएका शेयरधनीहरुको शेयर अभौतिकरण गर्नका लागि कम्पनीको वेवसाइटमा उपलब्ध भएको निवेदन सहित नागरिकताको प्रतिलिपी लगाएतका कागजात पेस गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीको अधिकृत पूँजी जारी पूँजी तथा चुक्ता पूँजी रु १ अर्ब ५० करोड रहेको छ । कम्पनीको चुक्ता पूँजी मध्ये संस्थापक शेयरधनी को ७०५ र सर्वसाधरण शेयरधनीको ३०५ शेयर स्वामित्व रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १५ लाख कित्ता शेयर मिति गत जेठ ३ गतेदेखि जेठ १७ सम्म निष्काशन खुल्ला गरी गत असार २४ गते बाँडफाँड गरेको थियो ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












