अरुण काबेली पावर लिमिटेडको १ करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत

चैत २६, काठमाडौँ । अरुण काबेली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले प्रवद्र्धन गरेको अरुण काबेली पावर लिमिटेडको १ करोड ५० लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्चेन्जमा आज सूचीकृत गरेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड हुँदै स्टकमा आज सो परिमाणको सेयर साधारण सेयरका रुपमा सूचीकृत भएको कम्पनीमा कार्यकारी अध्यक्ष गुरु न्यौपानेले बताएका छन्
शेयरको प्रारम्भिक मूल्य रु । ९९ देखि रु। २९७ सम्म रहेको छ । कम्पनीको जम्मा २९ लाख १० हजार कित्ता साधारण शेयर आगामी बैशाख तीन गतेबाट खरिद बिक्री गर्न सकिनेछ ।
संस्थापक शेयरधनीहरुको १ करोड ५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको १५ लाख कित्ता र कम्पनीमा कार्यारत कर्मचारीहरुको ९० हजार कित्ता प्राथमिक सेयर गत पुस ४ गते प्राथमिक शेयर निष्काशनको बाँडफाँडको मितिले ३ वर्षसम्म लक इन हुनेछ र सो अवधि सकिएपछि २०७६ पुस पाँच गते देखि स्वतः फुकुवा हुनेछ ।
यो नेप्सेमा सूचिकृत हुने १२ औं जलविद्युत कम्पनी हो । यस कम्पनीको शेयर रजिष्ट्रार कम्पनी आफैले गर्ने भएको कारण शेयर सम्बन्धि अन्य जानकारी कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाण्डौमा रहेको शेयर शाखाबाट थाहा पाउन सकिन अध्यक्ष न्यौपानेले जानकारी दिए ।
कम्पनीको शेयर शाखा आइतबार देखि बिहिबार सम्म बिहान १० बजे देखि दिउसो ३ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि दिउसो १ बजे सम्म खुल्ला रहनेछ ।
प्राथमिक शेयर निष्काशनमा आवेदन गर्दा हितग्राही खातामा उपलब्ध गराउनु भएका शेयरधनीहरुको शेयर सिधै, सम्बन्धित हितग्राही खाता जम्मा हुनेछ यदि गलत हितग्राही खाता प्रदान गर्नु भएका र हितग्राही खाता प्रदान नगर्नु भएका शेयरधनीहरुको शेयर अभौतिकरण गर्नका लागि कम्पनीको वेवसाइटमा उपलब्ध भएको निवेदन सहित नागरिकताको प्रतिलिपी लगाएतका कागजात पेस गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीको अधिकृत पूँजी जारी पूँजी तथा चुक्ता पूँजी रु १ अर्ब ५० करोड रहेको छ । कम्पनीको चुक्ता पूँजी मध्ये संस्थापक शेयरधनी को ७०५ र सर्वसाधरण शेयरधनीको ३०५ शेयर स्वामित्व रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १५ लाख कित्ता शेयर मिति गत जेठ ३ गतेदेखि जेठ १७ सम्म निष्काशन खुल्ला गरी गत असार २४ गते बाँडफाँड गरेको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












