एनसेल यहीँ छ,कर उठाउन समस्या छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को सार्वजनिक लेखा समिति पुगेर एनसेल कर प्रकरणमा सरकारको जवाफ प्रस्तुत गरेका छन्।
टेलिकम्युनिकेसन कम्पनी एनसेल टेलियासोनेरा कम्पनीले एक्जियटालाई बिक्री गर्दा बुझाउनुपर्ने पुँजीगत लभकर नबुझाएको र सरकारले त्यसलाई उठाउनुको सट्टा उन्मुक्ति दिने निर्णय भएको भन्दै लेखा समितिले प्रधानमन्त्रीलाई आज समितिमा डाकेको थियो।
प्रधानमन्त्री दाहालले एनसेल विक्री प्रकरणमा ३३ अर्ब लाभकर छुट दिने निर्णय नभएको दाबी गरेका छन् ।
एनसेल यहीँ छ कहीँ गएको छैन,प्रधानमन्त्रीले भने, ‘राज्यले तदारुकता देखाए कर उठाउन सकिन्छ।’
उनले एनसेलले पुँजीगत लाभकर नबुझाउनुको कारणबारे गहिरोसँग बुझिनसकेको भन्दै क्रेता र विक्रेतालाई राखेर छलफल गर्न आफूले चाहेको बताए। ‘मैले एकपटक क्रेता र विक्रेता दुवैलाई राखेर छलफल गरी समुचित निर्णय लिनु आवश्यक ठानेको छु,’ प्रधानमन्त्रीले समितिमा भने, ‘सरकार प्रस्ट छ कर उठाउन सम्झौता गर्दैन।’
‘क्रेता भनिएको एक्जियटा कम्पनीबाट पत्र आएपछि मन्त्रीपरिषद्ले सामान्य छलफल गरेको मात्र हो, ‘प्रधानमन्त्रीले यसअघि भएको मन्त्रिपरषद् निर्णय सच्याउँदै भने, ‘आवश्यक कारवाही गर्नु भनेको हो कुनै निर्णय भएको छैन।’
समितिमा यसअघि अर्थमन्त्री कृष्णबहादुर महरालाई डाकेको थियो। अर्थमन्त्री महराको जवाफ चित्त बुझ्दो नभएको भन्दै समितिले प्रधानमन्त्रीलाई डाक्ने निर्णय गरेको थियो।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












