कालीगण्डकीको मर्मत सम्भार शीघ्र गर्न कुलमानको निर्देशन
काठमाडौँ, २७ चैत । मुलुकको प्रमुख ‘पावर ब्याङ्क’को रुपमा रहेको एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत सम्भारको काम १० दिनभित्र सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन्।
विद्युतभार कटौतीलाई अन्त्य गर्न महत्वपूर्ण मानिएको सो आयोजनाको मर्मत सुरु भएको दश दिन भइसक्दा पनि नसकिएकाले कार्यकारी निर्देशक घिसिङले अबको दश दिनमा मर्मत गरी पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न निर्देशन दिएका हु्न्।
प्राधिकरणका अनुसार विगतका वर्षमा जुन समयमा सबैभन्दा बढी विद्युत् आवश्यक पर्दथ्यो, सोही समयमा नै आयोजना मर्मतको नाममा बन्द गरिने गर्दथ्यो। हाल सो आयोजनाको एउटा मात्रै युनिट बन्द गरेर मर्मत गरिएको छ।
दुई वटा युनिटबाट नियमित रुपमा ९६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मतरसम्हार छिटो गराउने उद्देश्यले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ स्थलगत अवलोकनका लागि आयोजनास्थल पुगेको प्राधिकरणले जनाएको छ।
निर्देशनअनुसार काम भए नभएको अवलोकन गर्न उनी आयोजनास्थल पुगेका हुन्। कालीगण्डकी आयोजनामा ४८ मेगावाटका तीन वटा टर्वाइनमध्ये एउटा टर्वाइनको मर्मत भइरहेको छ। गत वर्ष यस्तै प्रकृतिको समस्या समाधान गर्न प्राधिकरणले ४२ दिन लगाएको थियो। साँझको समयमा मात्रै आयोजना सञ्चालन हुने भएकाले सो आयोजनालाई ‘पावर ब्याङ्क’को रुपमा लिने गरिन्छ।
आयोजनाको उपयोग र उचित व्यवस्थापन गरेर नै मुलुकभर विद्युत्भार कटौती अन्त्य गराउन सफलता प्राप्त भएको हो। प्राधिकरणको प्रवद्र्धनमा कालीगण्डकी आयोजना विगत १४ वर्षखेखि सञ्चालनमा छ। रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












