फेवाताल किनारामा नववर्ष महोत्सव सुरु
पोखरा, ३० चैत । पोखरा लेखनाथ महानगरपालिकाका नौवटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नववर्ष महोत्सव सुरु भएको छ ।
प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका १४औँ पटक महोत्सव आयोजना गरिएको हो ।
‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नारासहित आयोजित सो महोत्सवमा खाना परिकारका १५ सहित हस्तकला, ग्रामीण उत्पादन, होमस्टेलगायत ६० वटा कक्ष रहेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष एवम् महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिनुभयो ।
नयाँ वर्ष मनाउन स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरा आउने वातावरण महोत्सवले सिर्जना गरेको बताउँदै उहाँले भन्नुभयो – “मुलुकको विषम परिस्थतिमा पनि महोत्सवले निरन्तरता पाउँदै आएको छ ।”
महोत्सवका अवसरमा फेवातालमा डुङ्गा दौड, पर्यटक दौड, एकल नृत्य, बाल उद्यान एवम् राष्ट्रिय कलाकारहरुको दोहोरी गीतको प्रस्तुतिसहित विभिन्न मनोरञ्जनका कार्यक्रमको आयोजना गरिने सङ्घका महासचिव तथा प्रचारप्रसार समितिका संयोजक गणेश पहारी बताउनुहुन्छ ।
महोत्सवका अवसरमा आयोजित झाँकी प्रतियोगितामा नेपाल मगर सङ्घ प्रथम, नेवाः कचाः खलः बैदा द्वितीय र किरात सेवा समाज तृतीय भई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए । झाँकी प्रतियोगितामा २६ विभिन्न समूहको सहभागिता रहेको थियो ।
पोखराको महत्वपूर्ण पर्यटकीयस्थल हल्लनचोकबाट सुरु भएको आमा समूहको प्रतियोगितामा ‘बङ्गलादी आमा समूह’ प्रथम, ‘खहरे आमा समूह’ द्वितीय र ‘क्षेत्री महिला समूह’ तृतीय भई रु सात हजार, रु पाँच हजार र रु तीन हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
एक लाखभन्दा बढी स्थानीयवासी र बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षासहित मङ्गलबारदेखि सुरु भएको पाँचदिने सो महोत्सवको होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सिर्जना राणाले उद्घाटन गर्नुभएको थियो ।
नेपालका होटलको अकुपेन्सी दर ६० प्रतिशतको हाराहारीमा रहेको जानकारी उहाँले छिमेकी देश भारत र चीनका पर्यटक भित्र्याउने खालका कार्यक्रम सञ्चालन गर्न व्यवसायी सङ्गठित भएर लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












