थाहै नदिई नर्सरीमा मन्त्री आएपछि…
काठमाडौ, ३० चैत । कृषि विकास मन्त्री गौरीशंकर चौधरीले पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन गरेका छन् । उनले बुधबार राजधानीका विभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका हुन् ।
बालुवाटारमा रहेको बागमती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अवलोकन गरेका थिए ।
अनुगमन पछि मन्त्री चौधरीले सरकारले पुष्प क्षेत्रमा गरेको लगानीको निजी क्षेत्रले उचित सदुपयोग गरेको बताउँदै फ्लोरिकल्चर क्षेत्रसँग मन्त्रालयले गर्दै आएकोे साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवस्यकता रहेको प्रतिक्रिया दिए ।
सरकारको सहयोग विनापनि यो क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रहेको बताउँदै पहिलो पटक अनुगमनमा निस्किएका मन्त्री चौधरीले फ्लोरिकल्चर क्षेत्रलाई मन्त्रालयको सहयोग जारी रहने समेत बताए ।
अनुगमनमा मन्त्रीसंगै पुगेका फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले ग्रीन हाउसमा हालसम्म कृषि विकास मन्त्रालयको ५ करोड लगानी भइसकेको र ४ करोड लगानी गर्ने क्रममा रहेको बताए । उनले आधुनिक पूर्वाधारमा लगानी नगरेसम्म फूलमा आत्मनिर्भर हुन नसकिने बताउँदै यो क्षेत्रमा मन्त्रालय र नीजी साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












