धानमा आत्मनिर्भर बनाउन बर्दियामा चैते धान खेती

बर्दिया, ३ वैशाख । नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ ।
हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुपतिनगर, मनाउ र खैरिचन्दनपुरका करिब ६ सय बिघा जमिनमा चैते धान खेती गरिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कृषि प्रधान देश भनिए पनि नेपालमा वार्षिक रु २५ अर्ब बराबरको धान भारतबाट खरिद हुने गरिएको सो कार्यालयको भनाइ छ ।
सरकारले आउँदो दुई वर्षभित्रमा नेपाललाई धानमा आत्मनिर्भर बनाई तीन वर्षपछि निर्यात गर्ने उद्देश्यले तराईका जिल्लामा बृहत्तर धान उत्पादन योजना सुरु गरेको हो । सरकारी लक्ष्य पूरा गर्ने उद्देश्यले चैते धान सुरु गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतले बताउनुभयो । हाल सामान्यरुपमा चैते धानमा गवारो किराको प्रकोप देखिए ।पनि नियन्त्रणका लागि पहल भइरहेको उनले जानकारी दिए ।
सो कार्यालयसँगको समन्वयमा सिसा सिमिट नेपालले किसानलाई आधुनिक उपकरण र इरी नेपालले धानको बीउ उपलब्ध गराएको छ । हाल किसानले हर्दिनाथ १ र चैते २ जातका चैतेधान खेती गरेका छन् । जेठको अन्तिम वा असारको पहिलो हप्ताभित्र चैते धान काटिने र वर्षे धान खेतीमा कुनै असर नपुग्ने भएकाले पनि चैते धान खेतीमा किसानलाई थप फाइदा पुग्ने कृषि प्राविधिकले बताए ।
गत वर्ष दुई बाली मात्र खेती गरेका किसानले यस वर्ष चैते धान खेतीसमेत गरेपछि तीन बाली घरमा भित्र्याउन पाउँदा खुसी भएका छन् । चैते धान खेतीका लागि बाह्रै महिना सिँचाइ सुविधा भएको जमिन चहिने भएकाले राजापुर क्षेत्रमा बृहत्तर धान योजना सुरु गरिएको हो । आगामी दिनमा अन्य क्षेत्रमा समेत धान खेती विस्तार गर्दै लैजाने सो कार्यालयको योजना छ । धानलाई आवश्यक पर्ने मलको व्यवस्था भइदिए राम्रो हुने गेरुवा गाउँपालिका–१ जनकनगरका किसान भोगूप्रसाद थारू बताएछन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












