धानमा आत्मनिर्भर बनाउन बर्दियामा चैते धान खेती

बर्दिया, ३ वैशाख । नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ ।
हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुपतिनगर, मनाउ र खैरिचन्दनपुरका करिब ६ सय बिघा जमिनमा चैते धान खेती गरिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कृषि प्रधान देश भनिए पनि नेपालमा वार्षिक रु २५ अर्ब बराबरको धान भारतबाट खरिद हुने गरिएको सो कार्यालयको भनाइ छ ।
सरकारले आउँदो दुई वर्षभित्रमा नेपाललाई धानमा आत्मनिर्भर बनाई तीन वर्षपछि निर्यात गर्ने उद्देश्यले तराईका जिल्लामा बृहत्तर धान उत्पादन योजना सुरु गरेको हो । सरकारी लक्ष्य पूरा गर्ने उद्देश्यले चैते धान सुरु गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतले बताउनुभयो । हाल सामान्यरुपमा चैते धानमा गवारो किराको प्रकोप देखिए ।पनि नियन्त्रणका लागि पहल भइरहेको उनले जानकारी दिए ।
सो कार्यालयसँगको समन्वयमा सिसा सिमिट नेपालले किसानलाई आधुनिक उपकरण र इरी नेपालले धानको बीउ उपलब्ध गराएको छ । हाल किसानले हर्दिनाथ १ र चैते २ जातका चैतेधान खेती गरेका छन् । जेठको अन्तिम वा असारको पहिलो हप्ताभित्र चैते धान काटिने र वर्षे धान खेतीमा कुनै असर नपुग्ने भएकाले पनि चैते धान खेतीमा किसानलाई थप फाइदा पुग्ने कृषि प्राविधिकले बताए ।
गत वर्ष दुई बाली मात्र खेती गरेका किसानले यस वर्ष चैते धान खेतीसमेत गरेपछि तीन बाली घरमा भित्र्याउन पाउँदा खुसी भएका छन् । चैते धान खेतीका लागि बाह्रै महिना सिँचाइ सुविधा भएको जमिन चहिने भएकाले राजापुर क्षेत्रमा बृहत्तर धान योजना सुरु गरिएको हो । आगामी दिनमा अन्य क्षेत्रमा समेत धान खेती विस्तार गर्दै लैजाने सो कार्यालयको योजना छ । धानलाई आवश्यक पर्ने मलको व्यवस्था भइदिए राम्रो हुने गेरुवा गाउँपालिका–१ जनकनगरका किसान भोगूप्रसाद थारू बताएछन् । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












