कुलमानको नयाँ ‘आइडिया’ यस्तो रै’छ
काठमाडौं । कुलमान घिसिङले चाइनाबाट लिड इनर्जी बल्ब र ऊर्जा बचत गर्ने खालको पंखा खरिद गर्न भन्दै अर्थ मन्त्रालयसँग ऋण मागेका छन् ।
उनले प्राधिकरणमार्फत बल्ब र पंखाको व्यापार गर्ने सोचअनुसार २ अर्ब कर्जा सापटी र आयातित वस्तुमा भन्सार छुटको प्रस्ताव चुनावको मुखमा अर्थतिर अघि बढाएता पनि पैसा पाउने सम्भावना भने न्यून रहेको बताइन्छ ।
त्यसै पनि विद्युत् प्राधिकरण एउटा संस्थान हो, त्यसैले गरेको रहरलाई अर्थले सघाउने स्थिति देखिँदैन । पञ्चायतकालमा राज्यनियन्त्रित नीति लागू गरेका बेलासमेत यसरी सबै संस्थानमार्फत व्यापार नगरेर साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङमार्फत प्रतिस्पर्धात्मक व्यापार गर्ने प्रचलन थियो ।
खुला बजारनीति लिएको सरकारले प्राधिकरणको सामान ल्याउँदै बेच्दै गर्ने सोचलाई सहयोग गर्ला/नगर्ला योचाहिँ हेर्न बाँकी नै छ । हुन त कुलमानले भनेजस्तो गर्दा विद्युत् बचत होला । चुहावट र अनावश्यक खपत पनि घट्ला तर निजी क्षेत्रले गर्ने हो त्यस्तो काम प्रतिस्पर्धात्मक रूपले ।
राम्रो ल्याउने र सस्तोमा बेच्ने काम व्यापारीको हो, कुलमानले विद्युत् व्यवस्थापन, उत्पादन, प्रशारण लाइन निर्माण, चोरी नियन्त्रणमै झन् बढी लागे प्रभावकारी हुने थियो । भन्सारमा मात्रै ८० करोड जति छुट लिने गरी बल्ब व्यापार गर्दा उनको ध्यान आवश्यक क्षेत्रमै पुग्दैन कि भन्ने सर्वसाधारणको चिन्ता हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












