गोर्खा र डाइनामिक एयरको लाइसेन्स ब्युँतियो
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले चार बर्ष अघि बन्द भएको गोर्खा एयरलाइन्स र डाइनामिक एयरलाइन्सलाई पुनः हवाई उड्ययन अपेरेटिङ लाइसेन्स दिएको छ। मन्त्रालयले दुवै एयरलाइन्सलाई यहि बर्ष उडान सुरु गर्नु पर्ने शर्तका साथ लाइसेन्स ब्युँताइ दिएको हो।
मन्त्रालयका सह सचिव बुद्धि सागर लामिछानेका अनुसार डाइनामिकले नाम परिवर्तन गरि ‘भिभा नेपाल एयरवेज’को नामबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एवं गोर्खा एयरलाइन्सले आन्तरिक ट्रङ्क रुटमा उडान गर्नेछन्।
दुईवटै एयरलाइन्सलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले नो अब्जेक्सन लेटर ‘एनओसी’ भने दिन बाँकी छ। दुबै कम्पनीले एनओसीका लागि प्राधिकरणमा निवेदन दिइ सकेका छन्। एनओसी लिन उनीहरुले तीनदेखि पाँच महिनासम्म कुर्नुपर्ने पर्यटन स्रोतले जानकारी दिएको छ।
यी कम्पनी एयर अपरेटर सर्टिफिकेट ‘एओसी’ लिने प्रक्रिया पनि सुरु गरेका छन्। त्यस बारे प्राधिकरणसँग एक चरण छलफल भइ सकेको समेत स्रोतले बतायो। भिभा एयरलाइन्समा पुरानो डाइनामिक एयरलाइन्सका सञ्चालकत्रय अनिल विश्वकर्मा गजमेर, ओमप्रकाश विश्वकर्मा र ठाकुरप्रकाश विश्वकर्मा रहेका छन्।
भिभा नेपाल ‘डाइनामिक’ एयरवेजले चारवटा बोइङ ७३७-८०० जहाजले अन्तर्राष्ट्रिय उडान र दुईवटा एटिआर ७२-५०० जहाजबाट आन्तरिक उडान गर्ने प्रस्ताव मन्त्रालयमा पेश गरेको छ। कम्पनी जहाज भित्र्याएपछिको गन्तव्यका लागि समेत प्राधिकरणसँग निवेदन दिइसकेको छ। उसले दिल्ली, दुबई, दोहा, क्वालालाम्पुर र ढाकाका लागि उडान अनुमति माग गरेको छ।
कम्पनीले दुईवटा बोइङ र दुईवटा एटिआर जहाज किन्ने एवं बाँकि दुईवटा बोइङ भाडामा ल्याएर चलाउने उल्लेख गरेको छ। सन् २०१८ लाग्नु अगावै कम्पनीले उडान सुरु गर्ने लक्ष लिएको छ।
डाइनामिकले ६ बर्ष अघि मन्त्रीपरिषद्बाट डाइनामिकलाई ‘बि क्लास इन्टरनेसनलु लाइसेन्स पाएको थियो। त्यो बेलाको सर्त अनुसार ६ महिनाभित्र जहाज उडान नसक्दा कम्पनीको लाइसेन्स खारेज भएको थियो। कम्पनीले जहाज खरिद गर्न भन्दै सरकारका नाममा ५० लाख रुपैयाँको धरौटी समेत देखाएको थियो। तर, कम्पनीले भने बमोजिम बैंक खातामा उक्त रकम फैला नपरेपछि सरकारले लाइसेन्स खारेजीको प्रकृयामा अघि बढाएको थियो।
गोर्खा एयरलाइन्सको सन् २०१० मा लाइसेन्स ‘सस्पेन्डेड’ भएको थियो। कम्पनीले लाइसेन्स खारेज हुनु अघि ब्राजिलियन उत्पादकका दुईवटा इआरजे ट्विन इन्जिन र दुईवटा डोर्नियर एयरक्राफ्टबाट आन्तरिक उडान गरेको थियो। यो कम्पनी प्रज्वल श्रेष्ठको स्वामित्वमा छ। सिङ्गल इन्जिन जहाजले यात्रु बोक्न पाउने प्रावधान हटाएपछि यो कम्पनी बन्द भएको थियो।
सन् १९९६ मा स्थापना भएको गोर्खा एयरलाइन्सले सुरुमा एमआई-१७ हेलिकप्टरबाट सेवा दिएको थियो।
पर्यटन मन्त्रालय स्रोतका अनुसार ब्युँतिने क्रममा कम्पनीले भारतको भिर्गो एयरलाइन्ससँग व्यापारिक साझेदारी गरेको छ। गोर्खा र भिर्गोबीच ज्वाइन्ट भेन्चर सम्झौता नै भइ सकेको जनाइएको छ। भारतमा यो कम्पनीले आकाशगंगा एयरलाइन्सको नामवाट पनि हवाई सेवा सञ्चालन गरेका छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












