विद्युत प्राधिकरणले दुर्इ अर्ब रुपैयाँको एलइडी बल्ब किन्ने, अब बिल तिर्न आउने ग्राहकलार्इ बल्ब
काठमाडौँ। सरकारले दुई करोड थान एलइडी बल्ब खरीद गर्ने भएको छ। खरीद भएको बल्ब नेपाल विद्युत प्राधिकरणले उपभोक्तालार्इ बिक्री गर्नेछ। मन्त्रीपरिषद्को विहिबारको बैठकले एलइडी बल्ब किन्ने निर्णय गरेको थियो।भारतबाट ल्याउन लागिएको यो बल्बको मूल्य १ सय २५ रुपैयाँ पर्नेछ।यही बल्ब बाहिर बजारमा किन्दा ३ सय ५० रुपैयाँ पर्छ। यो बल्ब प्रयोगमा ल्याउन सकिएमा दुर्इ सय मेगावाट विजुली बचत हुन्छ।
कम विजुली खपत गर्ने यो बल्ब किन्न उर्जामन्त्रालयले पहल गर्दै आएको थियो। मुख्य सचिव सोमलाल सुवेदीले सार्वजनिक खरिद ऐनको प्रावधानलाई नाघेर बल्ब किन्नु हुँदैन भनेर केही साता निर्णय रोक्न खोजेका थिए। तर, विहीबारको मन्त्रीपरिषद्को बैठकमा उर्जामन्त्री जनार्दन शर्माको जोडबलले बल्ब किन्ने निर्णय सदर भएको हो। बिना टेन्डर एउटा कम्पनीबाट सोझै बल्ब किन्ने निर्णयप्रति सामाजिक सञ्जालमा धेरैले प्रश्न गरेका छन्।
देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ । त्यसका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार ऊर्जा मन्त्रालयले भारतीय सरकारी कम्पनीबाट दुई करोड थान एलइडी बल्ब किन्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।
मन्त्रिपरिषद्मा तीन महिना पहिले पेस भएको प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयको समेत स्वीकृतिमा पारित गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए।
गत फागुन ३ गते बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भारतले नेपाललाई सस्तो मूल्यमै नै एलइडी बल्ब उपलब्ध गराउने सहमति जनाइएको थियो। प्राधिकरणले भारतको ऊर्जा मन्त्रालयअन्तर्गतको इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडबाट एलइडी बल्ब खरिद गर्ने योजना बनाएको छ। ग्राहकले विद्युत्को महसुल तिर्न आउँदा नै बल्ब उपलब्ध गराउने प्राधिकरणको योजना रहेको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।
एलइडी बल्ब खरिदका लागि रु दुई अर्ब खर्च हुने ऊर्जा मन्त्रालयको भनाइ छ। दुई करोड थान एलइडी बल्ब वितरण गर्न सकिए २०० मेगावाट विद्युत् बचत हुने र सरकारको रु ४० अर्ब बचत हुने जनाइएको छ । ती बल्ब सात र नौ वाटका छन्। प्राधिकरणका अनुसार एलइडी बल्बले चार गुणासम्म बिजुली बचत गर्छ। १५ वाटको सिएफएलले दिने बराबरको प्रकाश पाँच वाटको एलइडीले दिने प्रवक्ता अधिकारीले बताए। राससको सहयोगमा
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












