बैंकमा गहना धितो राखेर सडक निर्माण
बाबियाचौर (म्याग्दी), २५ वैशाख । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले स्थानीय स्तरबाट करोडाँै रकम जुटाएर पूर्वाधार निर्माण गरेका छन् ।
सरकारी निकायले उपलब्ध गराएको बजेटको तुलनामा धेरै गुणा बढी रकम स्थानीय स्तरबाट जुटाएर सडक, भवन, खेलमैदानलगायतका योजना निर्माण गरेका हुन् । जिल्ला समन्वय समिति र साविकको गाविस कार्यालयले रु १६ लाख ४३ हजार अनुदान उपलब्ध गराएको भकिम्ली–राखु–नयाँपुल सडक निर्माण योजना स्थानीय स्तरबाट थप रु ३५ लाख जुटाएर सम्पन्न गरेका छन् ।
नौ किलोमिटर दूरीको सो सडक निर्माणका लागि सरकारी निकायबाट प्राप्त बजेट अपुग भएपछि राखुका ६५ घरधुरीले चन्दा सङ्कलन गर्नुका साथै बैंकमा गहना धितो राखेर रु ३५ लाख जुटाएका उपभोक्ता समितिका अध्यक्ष केयरसिङ पुनले जानकारी दिनुभयो ।
भकिम्लीकै ठोट्नेरीका बासिन्दाले हालै रु पाँच लाख सङ्कलन गरेर डाडाँखानीदेखि गाउँसम्म जोड्ने सडक निर्माण गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष धनबहादुर श्रीसका अनुसार पाँच किलोमिटर दूरीको यो सडक निर्माणका लागि साविक गाविस कार्यालयले रु एक लाख मात्र उपलब्ध गराएको थियो ।
ठोट्नेरीका ७० घरधुरीले कम्तीमा रु पाँच हजारका दरले चन्दा सङ्कलन गरेर सडक खनेका हुन् । टोड्नेरीसँगै भकिम्लीका सबै टोल सडक सञ्जालमा जोडिएका छन् । विसं २०६७ मा स्थानीय बासिन्दाले रु एक करोड चन्दा सङ्कलन गरेर निर्माण गरेको हलेगौडा–भकिम्ली सडक स्तरवृद्धिका लागि पहल भइरहेको छ ।
यसैगरी रोजगारी, अध्ययन र व्यवसायका लागि विदेशिएका भकिम्लीका बासिन्दाको सहयोगमा जयन्ती माविको दश कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । असी प्रतिशत निर्माण कार्य पूरा भएको भवन बनाउन बेलायत, बेल्जियम, अमेरिकालगायत देशमा रहेका नेपालीबाट रु ८१ लाख सहयोग प्राप्त भएको व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताउनुभयो ।
२०७२ वैशाख १२ र २९ गतेको भूकम्पले भत्काएको सो कक्षा कोठा भवन पुनःनिर्माणका लागि साविक गाविस कार्यालयले रु दश लाख उपलब्ध गराएको थियो । यसैगरी भकिम्लीको मुसुङडोलेमा स्थानीय गणेश स्मृति क्लबको सक्रियतामा रु ११ लाखको लगानीमा खेलमैदान निर्माण भएको छ ।
मुसुङडोलेको पखरधारा भन्ने ठाउँमा १२० मिटर लम्बाइ र ५० मिटर चौडाइ रहेको खेलमैदान निर्माणका लागि जिल्ला समन्वय समितिबाट चालु आवमा रु एक लाख र गाविस कार्यालयबाट रु ८५ हजार प्राप्त भएको थियो ।
थप रु दुई लाख चन्दा र रु सात लाख ऋण जुटाएर खेलमैदान निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो । स्थानीय स्तरमा सक्रिय जनसहभागिता जुट्ने भएकाले योजना निर्माणमा सहज भएको वडा सचिव शिव शर्माले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












