इलाममा जोगमार्इ खोला हाइड्रोबाट विद्युत उत्पादन सुरु, दैनिक तीन मेगावाटसम्म उत्पादन
इलाम। इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ ।
६ देखि ७ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले हाल हिउँदयाममा अढाइदेखि तीन मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ ।सानभी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजना निर्माण सुरु भएको २८ महिनामै सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको सञ्चालक पाल्देन काजी लाप्चाले जानकारी दिए।
एक अर्ब ५७ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको आयोजना २०७१ मङ्सिर ५ गतेदेखि निर्माण सुरु गरिएको थियो । वार्षिक चार करोड ३० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको विद्युत् पावर हाउसबाट इलामको गोदकस्थित कावेली कोरिडोरको सवस्टेसनमा साढे १० किलोमिटर प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
लक्ष्मी बैंक लगानीकर्ता रहेको आयोजनामा अन्य बैंक कैलाश बैंक, प्रभु बैंक र भिवोर बैंकले लगानी गरेका छन् ।
आयोजनामा जापानको तोसिवा कम्पनीका सामान प्रयोग गरिएको सञ्चालक लाप्चाले जानकारी दिए। नेपालमै साना जलविद्युत् आयोजनामा पहिलो पटक तोसिवाको सामग्री प्रयोग भएको हो ।(रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












