सरकारको नीतिले विदेशी मदिराको आयात घट्यो, नेपाली मदिराको बिक्री बढ्यो
काठमाडौं, २८ बैशाख । नेपालमा पछिल्लो समय विदेशी मदिराको आयात घट्न थालेको छ । सरकारले स्वदेशी मदिरालाई प्रोत्साहित तथा स्वदेशमै गुणस्तरीय मदिरा उत्पादन गर्न थालेपछि विदेशी मदिराको आयात घट्न थालेको हो ।
नेपाली उद्योगले विश्वस्तरीय माल्ट प्रयोग गरेर मदिरा उत्पादन थालेपछि विदेशी मदिरा आयात घटेको हो । चालु आर्थिक वर्षको नौ महिनामा ८३ लाख लिटर मदिराजन्य वस्तु आयात भएको थियो जबकी अघिल्लो वर्षभरी १ करोड २० लाख लिटर मदिराजन्य वस्तु आयात भएको थियो । स्वदेशी मदिराको हिस्सा बढ्दै गएको भन्सार विभागको तथ्यांकले समेत पुष्टी भएको छ ।
यो वर्षको नौ महिना अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ बराबरको मदिराका लागि आवश्यक कच्चा पदार्थ नेपाल भित्रिएको भन्सार
विभागले जनाएको छ । गत वर्षभरी ४० करोड रुपैयाँ बराबरको मात्रै कच्चा पदार्थ नेपाल भित्रिएको थियो । अहिले स्वदेशी मदिरा उद्योगले विदेशी सरह ह्विस्की र अन्य मदिरा उत्पादन हुन थालेका छन् ।
मुलुकभित्रका तारे र राम्रा रेष्टुरेन्टमा स्वदेशी मदिरा नै राख्न थालेका छन् । विदेशी मदिरामा राजश्वको दरमा भारी वृद्धि भएपछि मूल्य आकासिएको छ जसले विदेशी मदिराको बिक्री घटेको छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












