प्रतिस्पर्धा गर्न नसक्दा नेपाल टेलिकमको व्यापार ४ प्रतिशतले खस्कियो
काठमाडौं, ३१ बैशाख । नेपाल टेलिकमको व्यापार ४ प्रतिशतले कमि आएको छ । प्रतिस्पर्धा र सञ्चालन खर्च बढेका कारण ब्यापार ४ प्रतिशतले खस्किएको टेलिकमले जनाएको छ। चैत मसान्तसम्म टेलिकमको ब्यापार करिव चार प्रतिशतले झरेको छ। अघिल्लो चैत मसान्तसम्म ३१ अर्ब ४० करोड रुपैयाँको सेवा बिक्री गरेको टेलिकमको यसपाली जम्मा ३० अर्ब १७ करोड रुपैयाँको मात्र सेवा बिक्री भएको छ।
कुल आम्दानी पनि करिव तीन प्रतिशतले झरेको छ। ब्यापार झरे पनि नाफा भने सुधार भएको छ। नाफा बढ्नुको कारण पोहोरजस्तो यसपाली अनिवार्य अवकाशमा पैसा खर्च भएको छैन। गत बर्ष चार अर्ब २९ करोड रुपैयाँ अवकाशमा खर्च भएको थियो। त्यो रकम यसपाली जोगिँदा नाफा करिव २५ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। गत बर्षको नाफा ९ अर्ब ३१ करोड रुपैयाँ थियो।
नेपाल टेलिकमको नेटवर्थ ६ रुपैयाँ पुगेको छ । प्रति सेयर आम्दानी १०९ रुपैयाँ छ। कम्पनीको प्रशासनिक खर्च एक अर्ब रुपैयाँ छ। कम्पनीको जगेडा कोक्षमा ७४ अर्ब ८६ करोड रुपैयाँ छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












