एनसेलले थ्रिजी सेवाको विस्तार दोब्बर पार्दै, ४० सहरमा फोरजी सेवा विस्तारको योजना
काठमाडौं, २५ जेठ । एनसेलले थ्रिजी प्रविधिमा आधारित मोवाइल इन्टरनेट सेवाको विस्तार गर्ने भएको छ । ९ सय मेगाहर्ज र १८ सय मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको ६० प्रतिशत जनसंख्यामा सेवा पुर्याउने एनसेलको लक्ष्य रहेको छ । प्रविधि तटस्थता मार्फत एनसेलले १ करोड ७० लाख भन्दा बढी नेपाली नागरिकमा थ्रिजी सेवा पुर्याई उनीहरुलाई दु्रत गतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्ने योजना बनाएको हो ।
एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङ्गको झोङ, ललितपुरको माल्टा र सोलुखुम्बुको तिङ्गला जस्ता १ हजार भन्दा बढी ग्रामीण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउने जनाएको छ । ‘हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँ अवसरहरुको सिर्जना र कुल गार्हस्थ उत्पादनको वृद्धिमा ठूलो भूमिका खेल्नेछ’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।
‘यी लक्ष्य प्राप्तिका लागि हामीले आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथा पूर्वाधार निर्माणका लागि ३० अर्ब रुपैयाँसम्मको लगानी प्रतिबद्ध गरेका छौँ । संयुक्तरुपमा डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि हामी पूर्णरुपमा समर्पित छौँ ।’
एनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवाको शुभारम्भ गरेको छ, जस अन्तर्गत काठमाडौं उपत्यका, बनेपा तथा धुलिखेलका ग्राहकले फोरजी चलाउन सक्छन् । साथै, सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिई एनसेलले अहिले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवाको योजना तथा परीक्षण गरीरहेको पनि जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












