महालेखाले कमिसनमा भ्याट लगाउन भनेपछि शेयर ब्रोकरले कारोबार बन्द गरे
काठमाडौं, १५ असार । सेयर कारेबार अनिश्चितकाललाई बन्द गरिएको छ । शेयर ब्रोकरको कमिसनमा पनि मूल्य अभिबृद्धि कर (भ्याट) लगाउन सरकारले पत्र काटेपछि त्यसको बिरोधमा ब्रोकरहरुले विहीबारको सेयर कारोबार बन्द गरेका हुन् ।
महालेखा परीक्षकको कार्यालयले ब्रोकरको कमिसनमा पनि भ्याट लगाउनुपर्ने भन्दै अर्थमन्त्रालयलाई बेरुजु लेखेपछि सरकारले आर्थिक बर्ष २०६९र७० देखि अहिलेसम्मको भ्याटको रकम बुझाउन ब्रोकरलाई पत्र लेखेको छ।
आन्तरिक राजस्व कार्यालयले दुई ब्रोकर कम्पनीलाई पुरानो भ्याट, जरिवाना र त्यसमा लाग्ने ब्याज भुक्तानी गर्न पत्र लेखेको छ। बाँकी ब्रोकरलाई फूल अडिटका लागि पत्र लेखेको छ। कार्यालयले सबै ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुनसमेत निर्देशन दिएको छ।
बजेटमा ब्यवस्थै नगरी पश्चगामी कर लगाएको भन्दै ब्रोकरहरुले त्यसको बिरोधमा कारोबार बन्द गर्ने निर्णय गरेका हुन्। ब्रोकरहरुले कमिसनमा भ्याट लाउनु हुँदैन भनेर लबिङसमेत गर्दै आएका थिए। ब्रोकरले उठाउने पैसामा नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र वोर्डको समेत कमिसन हुने भन्दै त्यसमा भ्याट लाउन नहुने उनीहरुको तर्क छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












