सेयर कारोबार आइतबारबाट सुचारु हुने
काठमाडौं, १६ असार । अनिश्चितकालको लागि बन्द भएको सेयर कारोबार आइतबारदेखि सुचारु हुने भएको छ । महालेखा परीक्षकको कार्यालयले सेयर कारोबारलाई पनि भ्याटमा ल्याउन निर्देशन दिएपछि ब्रोकरहरुले बिहीबार कारोबार बन्द गरेका थिए । भ्याटको विषयमा उठेको विवाद छलफलबाट टुंग्याउने सहमति भएपछि आइतवारबाट सेयर कारोबार सुचारु गर्ने नेप्सेले बताएको छ ।
‘ अर्थमन्त्रालयले अहिले कारोबार सुचार गर्दै गर्न र विवादको विषय छलफलबाट टुंग्याउन भनेको छ, हामीले ब्रोकरहरुलाई त्यही जानकारी गराएका छौं, उनीहरु कारोबार खोल्न सकारात्मक छन्,’ नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने ।
शुक्रवार बिहान नेप्सेमा ब्रोकरहरुसँग यसै विषयमा छलफल भएको थियो । उनले कहिलेबाट भ्याट लगाउन सुरु गर्ने भन्ने विषय भने अर्थमन्त्रालय लगायतसँगको छलफलबाट टुंगो लगाइने भएको जानकारी दिए ।
बिहीवार आन्तरिक राजस्व कार्यालयले दुईवटा ब्रोकर इन्भेष्टमेन्ट म्यानेजमेन्ट र सुन्धारा सेक्युरिटिजलाई २०६९र७० देखिको भ्याट तिर्न पत्राचार गरेपछि ब्रोकरहरुले कारोबार नै रोकेका थिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












