प्रभु इन्स्योरेन्सले बीमा समितिमा ‘क्यापिटल प्लान’ बुझायो, २५% बोनस र ४५ % हकप्रद दिने
काठमाडौं, १५ साउन । प्रभु इन्स्योरेन्सले बीमा समितिमा ‘क्यापिटल प्लान’ बुझाएको छ। बीमा समितिमा बुझाएको विवरणअनुसार कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा २५ प्रतिशत बोनस र बोनसपछि ४५ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बोनस र हकप्रदसँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो चुक्ता पूँजी ३८ करोड ५० लाखको ५० प्रतिशत हकप्रद जारी गरिसकेको छ । हकप्रद जारी गरेसँगै गत आर्थिक बर्षमा कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले आर्थिक बर्षमा चुक्ता पूँजी ५७ करोड ७५ लाखको २० प्रतिशत बोनस शेयरबाट हुन आउने ११ करोड ५५ लाख रुपैयाँ सहित ६९ करोड ३० लाख रुपैयाँ पुग्ने छ । कम्पनीले बोनस शेयर जारी गरेपछि ३१ करोड १८ लाख रुपैयाँ हकप्रद जारी गर्ने भएको छ।
हकप्रद जारी गरेसँगै कम्पनीले बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ तोकिएको समयमै पूरा गर्ने प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले जानकारी दिए । कम्पनीलार्इ चुक्ता पूँजी पुयाउन आर्थिक बर्ष २०७३/७४ बाटै सकिने बताउँदै चालु आर्थिक बर्षको नाफाले आगामी बर्षमा थप बोनस दिन सकिने बज्राचार्यले बताए । कम्पनीले क्यापिटल प्लान बुझाएको भए पनि साधारणसभाबाट पारित गर्न भने बाँकी रहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












