मूल्यवृद्धि १२ वर्ष यताकै सबैभन्दा कम, गत वर्ष सबैभन्दा बढी
काठमाडौं, २० साउन । आर्थिक वर्ष २०७३/०७४ मा पाँच प्रतिशतभन्दा कम मूल्य वृद्धि भएको छ । यो मूल्य वृद्धि १२ वर्ष यताकै कम हो। सरकारले गत वर्ष मूल्य वृद्धि ७.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो। तर, लक्ष्यभन्दा निकै कम ४.६ प्रतिशतको हाराहारीमा मूल्य वृद्धि भएको राष्ट्र बैंकको प्रारम्भिक अनुमान रहेको खबर आजको अन्नपूर्णपोस्ट दैनिकमा छ ।
‘गत वर्षको मूल्य वृद्धि पाँच प्रतिशतभन्दा तल झरेको छ’, राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘११ महिनाको मूल्य वृद्धि ४.६ प्रतिशत छ, वर्षभरिकै मूल्य वृद्धिको अंकमा पनि खासै अन्तर नआउने देखिन्छ।’ यसअघि आर्थिक वर्ष २०६१/६२ मा मूल्य वृद्धि ४.५ प्रतिशत थियो। विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, मधेस आन्दोलन लगायतले आपूर्ति ठप्प भइदिँदा अघिल्लो वर्ष २०७२/७३ मा मूल्य वृद्धि ९.९ प्रतिशत पुग्यो।
गत वर्ष आर्थिक वृद्धि पनि उच्च (६.९४ प्रतिशत) हासिल भयो। सरकारले गत वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विगतका वर्ष मूल्य वृद्धि उच्च र आर्थिक वृद्धि न्यून रहँदै आएकामा गत वर्ष उच्च आर्थिक वृद्धि हासिल गर्दै मूल्य वृद्धिलाई नियन्त्रणमा राख्न सकिएको छ । यो मुलुकको अर्थतन्त्रका लागि सुधारोन्मुख संकेत भएको विज्ञ बताउँछन्।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












