मूल्यवृद्धि १२ वर्ष यताकै सबैभन्दा कम, गत वर्ष सबैभन्दा बढी
काठमाडौं, २० साउन । आर्थिक वर्ष २०७३/०७४ मा पाँच प्रतिशतभन्दा कम मूल्य वृद्धि भएको छ । यो मूल्य वृद्धि १२ वर्ष यताकै कम हो। सरकारले गत वर्ष मूल्य वृद्धि ७.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो। तर, लक्ष्यभन्दा निकै कम ४.६ प्रतिशतको हाराहारीमा मूल्य वृद्धि भएको राष्ट्र बैंकको प्रारम्भिक अनुमान रहेको खबर आजको अन्नपूर्णपोस्ट दैनिकमा छ ।
‘गत वर्षको मूल्य वृद्धि पाँच प्रतिशतभन्दा तल झरेको छ’, राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘११ महिनाको मूल्य वृद्धि ४.६ प्रतिशत छ, वर्षभरिकै मूल्य वृद्धिको अंकमा पनि खासै अन्तर नआउने देखिन्छ।’ यसअघि आर्थिक वर्ष २०६१/६२ मा मूल्य वृद्धि ४.५ प्रतिशत थियो। विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, मधेस आन्दोलन लगायतले आपूर्ति ठप्प भइदिँदा अघिल्लो वर्ष २०७२/७३ मा मूल्य वृद्धि ९.९ प्रतिशत पुग्यो।
गत वर्ष आर्थिक वृद्धि पनि उच्च (६.९४ प्रतिशत) हासिल भयो। सरकारले गत वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विगतका वर्ष मूल्य वृद्धि उच्च र आर्थिक वृद्धि न्यून रहँदै आएकामा गत वर्ष उच्च आर्थिक वृद्धि हासिल गर्दै मूल्य वृद्धिलाई नियन्त्रणमा राख्न सकिएको छ । यो मुलुकको अर्थतन्त्रका लागि सुधारोन्मुख संकेत भएको विज्ञ बताउँछन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












