माछापुच्छ्रे बैंकले एक वर्षमा १ अर्ब ३० करोड नाफा कमायो, ब्याज आम्दानी २५ प्रतिशतले बृद्धि
काठमाडौं, २२ साउन । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३० करोड नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/७४ मा बैंकले ब्याज आम्दानी २५ प्रतिशतले बढाएको छ भने नाफा ४६ प्रतिशतले बढाएको छ ।
६ अर्ब ५९ करोड चुक्ता पुँजी रहेको माछापुच्छ्रेले असार मसान्तसम्म ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरेको छ भने कर्जा विस्तार ५१ अर्ब ८६ करोड रुपैयाँले गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा माछापुच्र्छे बैंकको निक्षेप ५२ अर्ब २९ करोड थियो भने कर्जा ४४ अर्ब २३ करोड थियो ।
अघिल्लो वर्षको भन्दा पुँजी ४१ प्रतिशतले बढेको हुँदा यसको असर बैंकको रिर्टन अन इक्युटी (आरओई) मा परेको छ । अघिल्लो वर्ष २०.२५ प्रतिशत रहेको आरओई यो वर्ष १४.२७ प्रतिशतमा झरेको छ । आरओई घटेपनि बैंकको प्रति सेयर आम्दानी (इपिएस) भने अघिल्लो वर्षकै यथावत रहेको छ । इपिएस २३ रुपैयाँ ९८ पैसा रहेको छ । अघिल्लो वर्ष इपिएस २३ रुपैयाँ ८ पैसा रहेको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












