टिप्पणी : वाणिज्य बैंकको ‘एटिएम’प्रति सेवाग्राहीको गुनासो

हामी पैसा राख्नको लागि सबैभन्दा भरपर्दो माध्यमको रूपमा बैंकलाई लिन्छौँ । तर त्यही बैंकले हामीलाई आवश्यक पर्दा सहयोग गर्न सकिरहेको छैन् । अझ सजिलोको रूपमा प्रयोग गरिने ‘एटिएम’ले त कहिलेकाहीं अति नै समस्यामा पारिरहेको छ । पैसा झिक्न ‘एटिएम’ प्रयोग गर्दा सबै प्रकृया पूरा गरे पनि पैसा आउँदैन । उता खतामा पनि पैसा घटिसकेको हुन्छ । सबै सेवाग्राहीहरूले मोबाइल बैकिङ नगरेका पनि हुन सक्छन् । मोबाइल बैकिङ गर्नेको त एसएमएस आउँछ र तुरुन्तै गएर कम्प्लेन गर्दा एक महिना भित्र पैसा आउँछ भनेर भनिन्छ तर कम्प्लेन नगर्नेको पैसा खातमा आउँछ आउँदैन त्यो बैंकले नै जानोस् । आजभन्दा करीब पाँच महिना अघि राष्ट्रिय वाणिज्य बैंकको कलंकीमा रहेको एटिएमबाट पैसा झिक्न लाग्दा सबै प्रकृया पुरा भयो । तर पैसा भने आएन । चौबिस घण्टा भित्र नआएको पैसा पुनः खातामा जम्मा हुन्छ भनियो तर भएन । कम्प्लेन गर्दा एक महिनाभित्र पैसा आउँछ भनियो ।
एटिएमबाट जुन बेला चाहियो त्यही बेला झिक्न मिल्छ भनेर पैसा राखिन्छ बैंकमा । पैसा चाहिने दिन नै झिक्न गएँ तर पैसा आएन । एक पटक त भयो भयो नै फेरि भदौ सोह्र गते शुक्रबार पैसा झिक्न एटिएम हालेँ । पहिलेझै सम्पूर्ण प्रकृया पनि पूरा भयो तर पैसा भने आएन । फेरि ‘ब्यालेन्स इन्क्वाइरी’ गरेँ, खातामा पैसा घटिसकेछ । आवश्यक परेको बेलामा पूर्ती नहुँदा कस्तो अवस्था कस्तो हुन्छ त्यो भोग्नेलाई मात्रै थाहा छ । कम्प्लेन गर्न जाँदा शुक्रबार दुई बजे नै बैंक बन्द भइसकेछ । शनिबार र आइतबार बिदा भयो । सोमबार दश बजेमात्र बैंक खुल्छ । आफू कार्यालय अफिस दश बजे पुग्नुपर्छ । बिदा लिएर गुनासो गर्न जानेकी कार्यालय जाने ? बैंकमा यस्तो समस्या आउँदा पनि वाणिज्य बैंकले ध्यान दिएको छैन् । सेवाग्राही महिनौदेखि यस्ता समस्या भोग्न बाध्य छन् । एउटा प्रतिनिधि पात्रको रुपमा मैले ध्यानाकर्षण गराएको मात्रै हुँ । यस्ता समस्यालाई कसरी हटाउन सकिन्छ बेलैमा ध्यान जाओस् ।
धादिङ
हाल : काठमाडौँ
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












