टिप्पणी : वाणिज्य बैंकको ‘एटिएम’प्रति सेवाग्राहीको गुनासो

हामी पैसा राख्नको लागि सबैभन्दा भरपर्दो माध्यमको रूपमा बैंकलाई लिन्छौँ । तर त्यही बैंकले हामीलाई आवश्यक पर्दा सहयोग गर्न सकिरहेको छैन् । अझ सजिलोको रूपमा प्रयोग गरिने ‘एटिएम’ले त कहिलेकाहीं अति नै समस्यामा पारिरहेको छ । पैसा झिक्न ‘एटिएम’ प्रयोग गर्दा सबै प्रकृया पूरा गरे पनि पैसा आउँदैन । उता खतामा पनि पैसा घटिसकेको हुन्छ । सबै सेवाग्राहीहरूले मोबाइल बैकिङ नगरेका पनि हुन सक्छन् । मोबाइल बैकिङ गर्नेको त एसएमएस आउँछ र तुरुन्तै गएर कम्प्लेन गर्दा एक महिना भित्र पैसा आउँछ भनेर भनिन्छ तर कम्प्लेन नगर्नेको पैसा खातमा आउँछ आउँदैन त्यो बैंकले नै जानोस् । आजभन्दा करीब पाँच महिना अघि राष्ट्रिय वाणिज्य बैंकको कलंकीमा रहेको एटिएमबाट पैसा झिक्न लाग्दा सबै प्रकृया पुरा भयो । तर पैसा भने आएन । चौबिस घण्टा भित्र नआएको पैसा पुनः खातामा जम्मा हुन्छ भनियो तर भएन । कम्प्लेन गर्दा एक महिनाभित्र पैसा आउँछ भनियो ।
एटिएमबाट जुन बेला चाहियो त्यही बेला झिक्न मिल्छ भनेर पैसा राखिन्छ बैंकमा । पैसा चाहिने दिन नै झिक्न गएँ तर पैसा आएन । एक पटक त भयो भयो नै फेरि भदौ सोह्र गते शुक्रबार पैसा झिक्न एटिएम हालेँ । पहिलेझै सम्पूर्ण प्रकृया पनि पूरा भयो तर पैसा भने आएन । फेरि ‘ब्यालेन्स इन्क्वाइरी’ गरेँ, खातामा पैसा घटिसकेछ । आवश्यक परेको बेलामा पूर्ती नहुँदा कस्तो अवस्था कस्तो हुन्छ त्यो भोग्नेलाई मात्रै थाहा छ । कम्प्लेन गर्न जाँदा शुक्रबार दुई बजे नै बैंक बन्द भइसकेछ । शनिबार र आइतबार बिदा भयो । सोमबार दश बजेमात्र बैंक खुल्छ । आफू कार्यालय अफिस दश बजे पुग्नुपर्छ । बिदा लिएर गुनासो गर्न जानेकी कार्यालय जाने ? बैंकमा यस्तो समस्या आउँदा पनि वाणिज्य बैंकले ध्यान दिएको छैन् । सेवाग्राही महिनौदेखि यस्ता समस्या भोग्न बाध्य छन् । एउटा प्रतिनिधि पात्रको रुपमा मैले ध्यानाकर्षण गराएको मात्रै हुँ । यस्ता समस्यालाई कसरी हटाउन सकिन्छ बेलैमा ध्यान जाओस् ।
धादिङ
हाल : काठमाडौँ
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












