निगमको बोइङ जहाज भवन भट्टले १४ करोडमा खरिद गर्ने
काठमाडौं, २६ असोज । नेपाल वायुसेवा निगमको लिलाममा राखिएको जहाज भवन भट्ट समूहले लिने भएको छ । लामो समय देखि बिक्री नभएको बोईङ–७५७ एसीए सिरिजको कर्णाली जहाज बिबी एयरवेजले किन्ने भएको हो ।एयरवेजले १४ करोडमा उक्त जहाज खरिद गर्ने भएको हो ।
बिक्रीका लागि निगमले दुई पटक सम्म ग्लोवल टेन्डर आह्वान गरेको थियो । १७ करोड रुपैयाँ तोकिएको उक्त जहाज बिक्री नभएपछि १४ करोडमा बिक्रीको लागि राखिएको थियो । भट्ट समूहले बिबी एयरवेजको नाम खरिद गरेको थियो । निगमले आह्वान गरेको टेन्डरमा १४ करोड रुपैयाँमा आवेदन दिएको थियो । अन्य कम्पनीहरुले १२ करोड भन्दा कम मात्रै टेन्डरमा आवेदन दिएको निगम स्रोतले जनाएको छ ।
विगत दुई वर्ष देखि जहाज ग्राउन्डेड भएपछि निगमले लिलामीमा बिक्री गर्ने निर्णय गरेको थियो । नयाँ इन्जिन फेर्नको लागि कम्तीमा १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लाग्ने देखिएपछि निगमले विस्थापन गर्ने निर्णय गरेको थियो ।
१ सय ९० सिट क्षमताको बोइङ–७५७ एसिए जहाज निगमले २९ वर्ष अगाडी खरिद गरेको थियो । १९८७ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई जहाज (बोइङ–७५७) खरिद गरेको थियो ।त्यसको २७ वर्षपछि दुईवटा एयरबस–३२०–२०० सिरिजका जहाज खरिद गरेर हाल अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












