पुष्प मेला : माटोरहित पट फ्लावरको कारोबार सुरु
काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार सुरु गरिएको छ । अवलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध छन् । बागमती फ्लोराले बजारमा ल्याएको पट फ्लावरमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको छ । गिफ्टको रूपमा हेरिने माटोरहित पट फ्लावर इन्डोर र सदाबहार प्लान्टको रूपमा प्रयोगमा आउने गरेको छ । अफिस, बैंक, लिभिङ रुम, बाथरुम लगायत घरको जुनसुकै सानो स्थानमा पनि राख्न मिल्ने यो पट फ्लावर नेदरल्याण्डबाट आयातित प्रबिधी भएको ग्लोबल फ्लोरा प्रालिका प्रबन्ध निर्देशक संजिब कार्कीले बताए ।
हल्याण्डको पम भन्ने संस्थासँगको प्रबिधिक सहयोग सहित आयातित गरिएका बिरुवाहरु बजारमा ल्याएको कार्कीले बताए । उपहार दिने परिपाटीलाई आत्मसाथ गर्दै बजारमा ल्याइएको यो पट फ्लावर साइज र बिरुवा हेरी ५ सय देखि ५ हजार रुपैयाँ सम्म पर्ने बागमती फ्लोराले जनाएको छ । उपत्यकाका मुख्य फ्लावर सप र गिफ्ट पसलहरुमा उपलब्ध रहेको पट फ्लावर जावलाखेलमा जारी पुष्प मेलामा समेत राखिएको छ । जारी मेलामा मुख्य आकर्षण बनेको पट फ्लावरको स्टलमा सर्बसाधारण अबलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ । हलुका र माटो रहित भएका कारण यसमा रोग लाग्ने संभाबना कम भएको दाबी बागमती फ्लोराको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












