नविकरण शुल्क नबुझाउने ४० कम्पनीको कारोबार रोक्का
काठमाडौं, १ कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नविकरण शुल्क नबुझाउने ४० सूचिकृत कम्पनीको कारोबार रोक्का गरेको छ। कम्पनीहरुले समयमा बार्षिक नबिकरण शुल्क नबुझाएका कारण कारोबार रोक्का गरिएको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिए।
गत महिनासम्म नेप्सेमा १९६ कम्पनी सुचिकृत रहेका छन्। जसमा ४० कम्पनीले समयमा नबिकरण शुल्क नबुझाएका हुन्। नबिकरण शुल्क नबुझाएका कम्पनी मध्ये १९ वटा लामो समय देखि कारोबारमा निष्कृय छन्। पाँच कम्पनीले मर्जर र अक्वायरका कारण नबिकरण शुल्क नबुझाएका हुन्। बाँकी रहेका १६ कम्पनीको भने मंगलबारसम्म नियमित कारोबार भएको थियो।
कारोबार रोक्काको सूचना पाएसँगै ती कम्पनीले नबिकरण शुल्क बुझाउन सम्पर्क गर्न थालेको प्रवक्ता पराजुलीले बताए।नविकरण शुल्क बुझाए लगत्तै उनीहरुको कारोबार खुल्नेछ।
Comments
अरु समाचार
-
सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको...
-
शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
काठमाडौँ : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा...
-
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण...