एनआइसीको स्वीफ्ट ह्याकपछि राष्ट्र बैंकले सबै आइटी प्रमुखलाई डाक्यो
काठमाडौं, ६ कात्तिक । नेपाल राष्ट्र बैंकले सबै बैंकका आइटी प्रमुखसँग छलफल गरेको छ । एनआइसी एसिया बैंकको स्विफ्ट ह्याक भएपछि नेपाल राष्ट्र बैंकले सोमबार सबै बैंकका सुचना प्रविधि विभागका प्रमुखसँग छलफल गरेको हो । राष्ट्र बैंकका अधिकारीले प्रविधिक सुरक्षा र तयारीका बारेमा बुझ्न उनीहरुसँग छलफल गरेको हो ।
यता बैंकर्स संघले पनि एकदुई दिनमै आफ्ना सदस्य बैंकहरुसँग छलफल गर्ने भएको छ। हली तिहारका दिन ह्याक भएको सुचना आएपछि संघले सबै सदस्य बैंकलाई तत्कालै जानकारी गराएर उच्च सुरक्षा सतर्कता अपनाउन भनेको थियो। ‘एनआइसीको केसपछि हामी सबै बैंकहरु अहिले निक्कै चनाखो भएर स्विफ्ट कारोबार गरिरहेका छौ’ संघका अध्यक्ष अनिल शाहले भने, ‘प्राविधिक र ब्यक्तिगत सुरक्षामा विशेष जोड दिएका छौं।’
हली तिहारको दिन एनआइसी एसियाको स्विफ्ट ह्याक भएपछि संघले तत्कालै सबै बैंकलाई खबर गरेर प्रणाली जाँच गर्न भनेको थियो। बिदाका दिन सबै बैंकले आवश्यक जाँच गरेको उनले जानकारी दिए। ‘अहिले विशेष निगरानी नै बढाएका छौ’ उनले भने, ‘आन्तरिक प्रकृयादेखि पासवर्ड परिवर्तनसम्म गरेका छौं। वाहिर कसैले केही गरिरहेको छ कि भनेर सुरक्षामा पनि ध्यान बढाएका छौं।’
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












