एनआइसीको स्वीफ्ट ह्याकपछि राष्ट्र बैंकले सबै आइटी प्रमुखलाई डाक्यो
काठमाडौं, ६ कात्तिक । नेपाल राष्ट्र बैंकले सबै बैंकका आइटी प्रमुखसँग छलफल गरेको छ । एनआइसी एसिया बैंकको स्विफ्ट ह्याक भएपछि नेपाल राष्ट्र बैंकले सोमबार सबै बैंकका सुचना प्रविधि विभागका प्रमुखसँग छलफल गरेको हो । राष्ट्र बैंकका अधिकारीले प्रविधिक सुरक्षा र तयारीका बारेमा बुझ्न उनीहरुसँग छलफल गरेको हो ।
यता बैंकर्स संघले पनि एकदुई दिनमै आफ्ना सदस्य बैंकहरुसँग छलफल गर्ने भएको छ। हली तिहारका दिन ह्याक भएको सुचना आएपछि संघले सबै सदस्य बैंकलाई तत्कालै जानकारी गराएर उच्च सुरक्षा सतर्कता अपनाउन भनेको थियो। ‘एनआइसीको केसपछि हामी सबै बैंकहरु अहिले निक्कै चनाखो भएर स्विफ्ट कारोबार गरिरहेका छौ’ संघका अध्यक्ष अनिल शाहले भने, ‘प्राविधिक र ब्यक्तिगत सुरक्षामा विशेष जोड दिएका छौं।’
हली तिहारको दिन एनआइसी एसियाको स्विफ्ट ह्याक भएपछि संघले तत्कालै सबै बैंकलाई खबर गरेर प्रणाली जाँच गर्न भनेको थियो। बिदाका दिन सबै बैंकले आवश्यक जाँच गरेको उनले जानकारी दिए। ‘अहिले विशेष निगरानी नै बढाएका छौ’ उनले भने, ‘आन्तरिक प्रकृयादेखि पासवर्ड परिवर्तनसम्म गरेका छौं। वाहिर कसैले केही गरिरहेको छ कि भनेर सुरक्षामा पनि ध्यान बढाएका छौं।’
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












