माछापुच्छ्रे बैंकको नाफा १३ प्रतिशतले बढ्यो, ब्याज आम्दानीमा पनि सुधार
काठमाडौं, २१ कात्तिक । माछापुच्छ्रे बैंकको नाफा १३ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा गत वर्षको तुलनामा १३ प्रतिशतले नाफा बढाएको छ। बैंकले असोजसम्म २८ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ। गत बर्ष नाफा २४ करोड ६९ लाख रुपैयाँ थियो।
बैंकको ब्याज आम्दानी ६१ करोड २१ लाख रुपैयाँ छ। गत बर्षको आम्दानी ५३ करोड ५२ लाख रुपैयाँ थियो। बैंकले ६० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गरको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ पुगेको छ भने गत वर्षको यहि अवधिमा ४ अर्ब ६६ करोड रुपैयाँ थियो। बैंकको जगेडा कोषमा एक अर्ब २२ करोड रुपैयाँ जम्मा भएको छ।
बैंकको पूँजी कोष अनुपात १६.६३ प्रतिशत रहेको छ भने गत वर्ष ११.२९ प्रतिशत थियो। त्यस्तै खराब कर्जा ०.४५ प्रतिशत छ। प्रति शेयर आम्दानी १४ रुपैयाँमा झरेको छ। गत बर्ष २१ रुपैयाँ थियो।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












