बाँके, सुर्खेत, जुम्ला र अछाममा पनि हावाबाट बिजुली निकालिदै
बाँके, २३ कात्तिक । पश्चिम नेपालका केही जिल्लामा हावाबाट विद्युत उत्पादन गर्ने काम सुरू गरिएको छ । साविकको मध्यपश्चिमाञ्चको बाँके, सुर्खेत र जुम्लाका साथै सुदूरपश्चिमको अछाममा हावाबाट विद्युत उत्पादन गर्ने परियोजना सुरू भएको हो ।
बाँकेको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन सुरू भएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालिम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखालगायतका उपकरण जडान गरेको छ ।
अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले जनाएको छ । जिल्ला समन्वय समिति, बाँकेका ऊर्जा इञ्जिनियर रामबाबु यादवका अनुसार सम्भाव्यता अध्ययनमा हावाको वेग र दिशा मापन गरिने र विद्युत् उत्पादनको सम्भावना भए नभएको परीक्षण गरिनेछ ।
यसैबीच, मध्य र सुदूरपश्चिमाञ्चलमा हावाबाट बिजुली निकाल्न सकिने प्रशस्त सम्भावना देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैंक .एडिबी) को सहयोगमा मध्य र सुदूरका विभिन्न चार स्थानमा वायु ऊर्जा निकाल्ने प्रक्रियामा रहेको छ । अछाम, सुर्खेत र जुम्लामा गरी तीनवटा वायु(सौर्य हाईब्रिड ग्रिडबाट ६५ किलोवाट विद्युत्का लागि आयोजना सुरु भइसकेका छन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












