एक्सिस बैंकसँगको सहकार्यमा सेञ्चुरी बैंकले ल्यायो १६ देशको मुद्रा चल्ने कार्ड
काठमाडौं, २९ कात्तिक । सेञ्चुरी कमर्सियल बैंकले १६ देशको मुद्रा चल्ने नयाँ कार्ड प्रयोगमा ल्गाएको छ । बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा अमेरिकी डलरसँगै १६ देशको मुद्रासमेत चल्ने ‘मल्टिपल करेन्सी कार्ड’ प्रयोगमा ल्याएको हो । बैंकले नगद विदेशी मुद्राको अभाव भइरहेका बेला विश्वका १६ वटा मुद्राको काम एउटै कार्डले गर्ने भएकाले नेपालीलाई बाहिर जान कागजी नोटको समस्या नपर्ने बैंकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
बैंकले एक्सिस बैंकसँगकै सहकार्यमा भारतबाट नेपाल रेमिट्यान्स भित्र्याउने कार्यको औपचारिक शुरुवात गरेको छ। एक्सिस बैंकका ३५ सय शाखाबाट पठाएको पैसा नेपालको सेञ्चुरी बैंकबाट झिक्न सकिन्छ। ुयसबाट बैंकको ग्राहक संख्यामा बृद्धि भइ सर्वसाधारणलाई समेत सहज सेवा उपलब्ध हुने छु बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले भने।
बैंकले चाँडै दुई वित्तीय संस्थालाई गाभेर एकिकृत कारोबार सुरु गर्दैछ। बैंकले ४० प्रतिशत हकप्रद शेयर जारि गरिसकेको छ। अब बोनस सेयर जारि गरेर चुक्ता पूँजी ८ अर्ब पुर्याउने बैंकले जनाएको छ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












