प्रभू इन्स्योरेन्सको पहिलो त्रैमासिक खूद नाफा २ करोड ३८ लाख
काठमाडौं, ३० कात्तिक । प्रभू इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ८८ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको बिमा शुल्कबाट हुने आम्दानी घटेको छ । यो वर्ष बिमा शुल्कबाट १५ करोड १३ लाख आम्दानी भएकोमा अघिल्लो वर्ष यस्तो आम्दानी १५ करोड २५ लाख थियो । कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आय चाहि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासिकसम्म यस्तो आय ३ करोड ७१ लख रहेकोमा यो वर्ष बढेर ४ करोड १४ लाखको उचाईमा पुुगेको छ । लगानी, कर्जा तथा अन्यबाट हुने आय ८७ लाखबाट घटेर ७५ लाखमा झरेको छ ।
समीक्षा अवधिमा यो कम्पनीले ६ करोड १६ लाख बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ७ करोड ९ लाख थियो । कम्पनीको व्यवस्थापन खर्च पनि बढेको छ । अघिल्लो वर्ष यही अवधिमा २ करोड ७५ लाख रहेको यस्तो खर्च बढेर यो वर्ष ३ करोड २३ लाख पुुगेको छ । अघिल्लो वर्ष २१ हजार ५ सय ९३ रहेको जारी बिमा लेखको संख्या यो वर्ष घटेर १७ हजार २ सय २४ मा सीमित बन्न पुुगेको छ ।
कम्पनीले बिमा कोष र जगेडा कोषलाई मजबुत बनाएको छ । अघिल्लो वर्ष २५ करोड ८१ लाखमा सीमित बिमाकोषको आकार बढी ३४ करोड २४ लाख पुुगेको छ भने ११ करोडमा सीमित जगेडाकोष बढेर १५ करोड ७५ लाखको उचाईमा पुुगेको छ ।
यस्तै, ३ करोड ९० लाखमाा सीमित महाविपत्ति जगेडा पनि बढेर ५ करोड ४८ लाखको उचाईमा पुुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८६ गुणा कायम भएको छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












