प्रभू इन्स्योरेन्सको पहिलो त्रैमासिक खूद नाफा २ करोड ३८ लाख
काठमाडौं, ३० कात्तिक । प्रभू इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ८८ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको बिमा शुल्कबाट हुने आम्दानी घटेको छ । यो वर्ष बिमा शुल्कबाट १५ करोड १३ लाख आम्दानी भएकोमा अघिल्लो वर्ष यस्तो आम्दानी १५ करोड २५ लाख थियो । कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आय चाहि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासिकसम्म यस्तो आय ३ करोड ७१ लख रहेकोमा यो वर्ष बढेर ४ करोड १४ लाखको उचाईमा पुुगेको छ । लगानी, कर्जा तथा अन्यबाट हुने आय ८७ लाखबाट घटेर ७५ लाखमा झरेको छ ।
समीक्षा अवधिमा यो कम्पनीले ६ करोड १६ लाख बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ७ करोड ९ लाख थियो । कम्पनीको व्यवस्थापन खर्च पनि बढेको छ । अघिल्लो वर्ष यही अवधिमा २ करोड ७५ लाख रहेको यस्तो खर्च बढेर यो वर्ष ३ करोड २३ लाख पुुगेको छ । अघिल्लो वर्ष २१ हजार ५ सय ९३ रहेको जारी बिमा लेखको संख्या यो वर्ष घटेर १७ हजार २ सय २४ मा सीमित बन्न पुुगेको छ ।
कम्पनीले बिमा कोष र जगेडा कोषलाई मजबुत बनाएको छ । अघिल्लो वर्ष २५ करोड ८१ लाखमा सीमित बिमाकोषको आकार बढी ३४ करोड २४ लाख पुुगेको छ भने ११ करोडमा सीमित जगेडाकोष बढेर १५ करोड ७५ लाखको उचाईमा पुुगेको छ ।
यस्तै, ३ करोड ९० लाखमाा सीमित महाविपत्ति जगेडा पनि बढेर ५ करोड ४८ लाखको उचाईमा पुुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८६ गुणा कायम भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












