नेको इन्स्योरेन्सको नाफा बढ्यो, पहिलो त्रैमासिक खूद आम्दानी ३ करोड ६१ लाख
काठमाडौं, ३० कात्तिक । नेको इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड ५० लाख नाफा गरेको थियो ।
कम्पनीले यो अवधिमा बिमा शुल्कबाट हुने आम्दानी पनि बढाएको छ । अघिल्लो वर्ष १७ करोड ४६ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २३ करोड ६२ लाखको उचाईमा पुुगेको छ ।
पुनर्बिमा कमिसनबाट हुने आय समेत बढेर ४ करोड ३९ लाख पुुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३ करोड १९ लाखमा सीमित थियो । यस्तै, ७२ लाखमा सीमित लगानी कर्जा तथा अन्यबाट हुने आय बढोर १ करोड ४६ लाखको उचाईमा पुुगेको छ ।
समीक्षा अवधिमा नेकोले ७ करोड ८७ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ४ करोड बढी मात्र थियो । यो कम्पनीको व्यवस्थापन खर्चमा समेत अचाक्ली वृद्धि भएको छ । अघिल्लो वर्ष ३ करोड १६ लाख रहेको यस्तो खर्च बढेर यो वर्ष ४ करोड ५८ लाख पुुगेको छ ।
अघिल्ला वर्ष १९ करोड २६ लाखमा सीमित बिमा कोषको आकार बढी ३० करोड २४ लाखको उचाईमा पुुगेको छ । यस्तै, १२ करोड ३४ लाखमा सीमित जगेडाकोष बढेर २४ करोड ९६ लाखको उचाईमा पुुगेको छ । यो कम्प्नीले जारी बिमालेखको संख्या समेत बढाएको छ ।
अघिल्लो वर्ष ४२ हजार ७ सय १२ रहेको यस्तो संख्या बढेर यो वर्ष ६१ हजार २ सय २८ पुुगेको छ । समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी २०.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७७.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.९१ गुणा कायम भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












