नेको इन्स्योरेन्सको नाफा बढ्यो, पहिलो त्रैमासिक खूद आम्दानी ३ करोड ६१ लाख
काठमाडौं, ३० कात्तिक । नेको इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड ५० लाख नाफा गरेको थियो ।
कम्पनीले यो अवधिमा बिमा शुल्कबाट हुने आम्दानी पनि बढाएको छ । अघिल्लो वर्ष १७ करोड ४६ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २३ करोड ६२ लाखको उचाईमा पुुगेको छ ।
पुनर्बिमा कमिसनबाट हुने आय समेत बढेर ४ करोड ३९ लाख पुुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३ करोड १९ लाखमा सीमित थियो । यस्तै, ७२ लाखमा सीमित लगानी कर्जा तथा अन्यबाट हुने आय बढोर १ करोड ४६ लाखको उचाईमा पुुगेको छ ।
समीक्षा अवधिमा नेकोले ७ करोड ८७ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ४ करोड बढी मात्र थियो । यो कम्पनीको व्यवस्थापन खर्चमा समेत अचाक्ली वृद्धि भएको छ । अघिल्लो वर्ष ३ करोड १६ लाख रहेको यस्तो खर्च बढेर यो वर्ष ४ करोड ५८ लाख पुुगेको छ ।
अघिल्ला वर्ष १९ करोड २६ लाखमा सीमित बिमा कोषको आकार बढी ३० करोड २४ लाखको उचाईमा पुुगेको छ । यस्तै, १२ करोड ३४ लाखमा सीमित जगेडाकोष बढेर २४ करोड ९६ लाखको उचाईमा पुुगेको छ । यो कम्प्नीले जारी बिमालेखको संख्या समेत बढाएको छ ।
अघिल्लो वर्ष ४२ हजार ७ सय १२ रहेको यस्तो संख्या बढेर यो वर्ष ६१ हजार २ सय २८ पुुगेको छ । समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी २०.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७७.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.९१ गुणा कायम भएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












