दाङका उद्योगमा एघार अर्ब लगानी
दाङ, १२ मंसिर । यहाँ स्थापना भएका उद्योगमा रु १० अर्ब ९५ करोड १७ लाख ४० हजार लगानी भएको छ । उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका विभिन्न ५४ प्रकारका उद्योगमा उक्त लगानी भएको हो । उक्त लगानी सिमेन्ट उद्योग बाहेकका अन्य उद्योगको भएको उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म चार हजार ९०२ वटा उद्योग अहिलेसम्म खुलेको र दर्ता भएको बताउनुभयो ।
जिल्लामा सबैभन्दा धेरै कुटानी पिसानी र च्युरा मिल उद्योग ७४८ वटा दर्ता भएको छ । त्यसैगरी होटल, रेस्टुराँ उद्योग ६२२, पोल्टी फिड ५८६, सः मिल तथा फर्निचर उद्योग ३६५, ग्रिल उद्योग २२३ र निर्माण सेवा २५५ वटा दर्ता भएका छन् । कृषि बहुउदेश्यीय उद्योग तीन सय ७ र पशुपालन उद्योग ३३२ वटा दर्ता भएका छन् । ती ५४ प्रकारका उद्योगले वार्षिक रु आठ अर्ब, ६७ करोड ६२ लाख ३७ हजार १६२ मेट्रिक टन उत्पादन गर्ने गरेको वलीले जानकारी दिनुभयो । ती उद्योगमा २२ हजार ९८१ जनाले रोजगारी पाएका छन् ।
चालु आवको पहिलो चौमासिकमा तीन सय आठवटा उद्योग दर्ता भएका छन् भने रु ४१ करोड ९५ लाख ७५ हजार लगानी हुनुका साथै एक हजार १९ जनाले रोजगारी पाएका छन् । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












