ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त
काठमाडौं, १३ मंसिर । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त भएका छन् । बुधबार बसेको संचालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पौड्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पौड्याल यसअघि का.मु प्रमुख कार्यकारी अधिकृत रहेका थिए । लण्डनबाट एमबिए गरेका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० वर्ष भन्दा बढिको अनुभव संगालेका छन् । सन् १९८७ मा इन्ट्रि लेभलमार्फत नबिल बैंकबाट आफ्नो करियर सुरु गरेका थिए ।
नबिल बैंकमा ११ वर्ष काम गरेपछि उनी तत्कालीन एनआइसी बैंक गएका थिए । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच वर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न लक्ष्मी बैंकमा गएका थिए ।
लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए । लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौड्यालसँग छ । त्यहाँ साढे चार वर्ष काम गरेको अनुभव छ । त्यसपछि तत्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरे ।
तत्कालीन ग्लोबल बैंकको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु प्रमुख कार्यकारी अधिकृत हुदै ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका हुन् ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












