खोल्सीको सुन भनेर चिनिने अलैँची खेतीबारे जानकारी बढाउने उदेश्यले अलैँची कृषक पाठशाला सञ्चालन
इलाम, १९ मंसिर । खोल्सीको सुन भनेर चिनिने अलैँची खेतीबारे जानकारी बढाउने उदेश्यले अलैँची कृषक पाठशाला सञ्चालन गरिएको छ । कृषकलाई अलैँची खेतीको गुणस्तर र उत्पादनमा वृद्धि गराउने उद्देश्यले जिल्लाको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका–५ स्थित जमुनामा अलैँची कृषक पाठशाला सञ्चालन गरिएको हो ।
हाँगेथाम ढाप कृषि कृषक समूहले उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा अलैँची कृषक पाठशाला सञ्चालन गरेको अध्यक्ष बिप्लव भट्टराईले जानकारी दिनुभयो । सो पाठशालामा व्यावसायिक रुपमा अलैँची खेतीमा लागेका यस क्षेत्रका ४५ अलैँची कृषक समेटिएका छन् । पाठशालाबाट अलैँची खेतीको उत्पादन कसरी बढाउने, यसको गणुस्तरमा कसरी सुधार ल्याउने तथा विभिन्न किसिमका रोग लागेको खण्डमा रोग नियन्त्रण कसरी गर्ने लगायतका विषयमा जानकारी गराउन सहज हुने देउमाई नगरपालिकाका नगर कृषि प्रसार अधिकृत रविकिरण अधिकारीले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












