इलाममा किबी फलको उत्पादन घट्यो
इलाम, २० मंसिर । जिल्लामै पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गर्नुभएका सुलुबुङ–५ का तारामणि खतिवडा आजभोलि किबी फल बिक्री गर्न व्यस्त हुनुहुन्छ । अहिले फल टिपाइ शुरू भएको छ । बिक्रीका लागि बजारसम्म पु¥याउनु पर्ने भएकाले उहाँलाई अन्य काम भ्याउनै मुस्किल छ ।
उत्पादनको शुरूमै प्रतिकिलो रु ३०० देखि रु ४०० मा किनबेच हुन थालेको किबी फल संकलनको तयारीमा लाग्नुभएका खतिवडाले यसपालि विराटनगर, काठमाडौँ, पोखरा लगेर बिक्री गर्ने तयारी गरेको बताउनुभयो । किबी फल प्रतिकिलो ए ग्रेडको रु ४०० र बी ग्रेडको रु ३०० मा बिक्री हुन थालेको छ । जिल्लाको सुलुबुङ, साँखेजुङ, लुम्दे, साङरुम्वा, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिकाको मावु, माईमझुवा र जमुना तथा इलाम नगरपालिकाको सुम्वेक र आमचोकमा यसको व्यावसायिक खेती गरिँदै आएको छ ।
यसपटक फल लागेको बेलामा असिनापानी परेका कारण उत्पादन घटेको खतिवडाले बताउनुभयो । गत वर्ष आठ हजार किलो किबी फल उत्पादन गर्नुभएका खतिवडाले यसपटक त्यसको आधामात्र उत्पादन भएको बताउनुभयो ।अलैँचीखेती मासेर १६ रोपनी बारीमा किबी फल लगाउनुभएका साँखेजुङका टेकबहादुर विष्टले यस वर्ष १० क्विन्टल उत्पादन भएको बताउनुभयो । गत वर्ष रु चार लाख बराबरको किबी बिक्री गर्नुभएका विष्टले यसपटक रु तीन लाखको बिक्री गर्ने लक्ष्य राख्नुभएको छ ।
किबी फस्टाएपछि व्यावसायिक चिया र गाईपालन गर्दै आउनुभएका विष्टलाई नयाँ खेतीप्रति मोह बढ्दै गएको छ । किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत बनाएका छन् । फलभन्दा पनि बिरुवा बढी मूल्यमा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । एउटा बिरुवा रु ३०० सम्ममा बिक्री हुने गरेको छ ।
गत वर्ष चार क्विन्टल किबी फल बिक्री गर्नुभएका आमचोकका टठबहादुर पाण्डेले पनि यसपालि उत्पादन घटेको बताउनुभयो । यसपटक उहाँले करिब एक मन मात्र बिक्री गरेको बताउनुभयो । किबी फल उत्पादनमा जिल्लाका करिब २४ हजार घरपरिवार संलग्न छन् । एउटै बोटबाट कम्तीमा २०० देखि २५० किलो किबी फल्ने गरेको कृषक बताउँछन् । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












