चियाखेतीबाट भविष्य बनाउँदै किसान
इलाम, २६ मंसिर । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्नेबारे मात्र उहाँलाई पत्तो थियो । गाउँकै अन्य बासिन्दाले जानकारी दिएपछि चियालाई ओइलाएर राख्दा अझै राम्रो हुने खत्रीलाई थाहा भयो । “त्यति बेला थोरै मूल्यमा मात्रै चिया बिक्थ्यो” उहाँले भन्नुभयो “आर्थिक स्थिति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थाल्यौँ ।”
चियाखेतीबाट आम्दानी लिन सकिन्छ भन्ने थाहा नभएपछि खत्रीले वस्तु सटहीकै लागि मात्रै चिया सुकाउनु हुन्थ्यो । “चियाको दाम त्यति बेला प्रतिकिलो रु आठ थियो, हामी बिक्री गर्दैनथ्यौँ” उहाँले भन्नुभयो । थोरै बारीमा पराम्परागत शैलीमा गरिँदै आएको चियाखेती केही समयपछि गाउँभर विस्तार हुन थाल्यो । उहाँका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो । “चिया रोपेको तीन/चार वर्षपछि मात्रै नगदमा बेच्न थाल्यौँ” उहाँले भन्नुभयो “हामी त्यति बेला घाममा मात्र चिया सुकाउथ्यौँ तर पानी परेको बेला भने आगोमाथि फलामको पातामा राखेर सुकाउथ्यौँ ।”
घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता गर्नुपर्ने र त्यसबापत प्राविधिक शिक्षा पनि लिन मिल्ने सुनेपछि उद्योग दर्ताका लागि खत्री सदरमुकाम आउनुभयो । चिया उद्योग दर्ता गराएपछि सेवा सुविधा पाइने भएपछि उहाँ सदरमुकाम आउनुभयो । “त्यतिबेला दुई हजार पुरस्कार पाएकी थिएँ,” उहाँले विगत सम्झनुभयो “त्यसले थप हौसला बढायो ।”
अहिले खत्रीले आफ्नो र भाडामा गरी नौ सय रोपनी जग्गामा चियाखेती गरिरहनुभएको छ । चिया बगानसँगै उहाँकै चिया प्रशोधन उद्योग पनि छ । “वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्म नाफा हुन्छ,” उहाँले भन्नुभयो । उहाँले चिया विदेशमा समेत निर्यात गर्दैआउनुभएको छ । खत्री राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसक्नुभएको छ । लेकाली कृषि सहकारी संस्थामा आबद्ध उहाँले चियाकै लागि उन्नति परियोजनाबाट रु ८० लाखको परियोजना प्राप्त गर्नुभएको छ ।
यस्तै, सूर्योदय नगरपालिकाका काजीमान कागतेले पनि २५ वर्षअघि आफ्नै पाँच रोपनी जग्गामा चियाखेती शुरु गर्नुभयो । शुरुमा आफैँले प्रयोग गर्न मात्रै खेती गर्नुभएका कागतेले चियाको माग बढ्दै गएपछि खेतीको विस्तार गर्नुभयो । हाल ८० रोपनी आफ्नै जग्गामा चियाखेती गर्नुभएका कागतेको दैनिकजसो २०० किलोसम्म हरियोपत्ती उत्पादन गर्नुहुन्छ ।
“चियाले नै परिवार पालेको छु,” कागतेले भन्नुभयो । झुल्के घाम लघु चिया उद्योगका सदस्य कागतेले चियाखेतीकै लागि उन्नति परियोजनाबाट रु १६ लाखको परियोजना प्राप्त गर्नुभएको छ । चियाखेतीको विकल्प नभएको उहाँको भनाइ छ ।खत्री र कागते प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । चियाखेतीबाट मनग्य आम्दानी गर्ने किसान थुप्रै छन् । विभिन्न संघ संस्थाले तालीमको व्यवस्था गर्न थालेपछि इलाममा चिया उत्पादनमा सुधार आएको चिया उत्पादन जिल्ला कषि सहकारी संघका उपाध्यक्ष पदमबहादुर तामाङ बताउनुहुन्छ । चालिसवटा सहकारीको छाता संगठन रहेको सो संस्थाले उन्नति परियोजनासित समन्वय गरेर काम गर्दै आएको छ । “वर्षेनी १० प्रतिशतका दरले चिया उत्पादन बढ्ने गरेको छ,” उहाँले भन्नुभयो ।
चियाखेतीको अवलोकन गर्न बाह्य पर्यटक आउने गरेका केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउनुहुन्छ । अहिले ललितपुर, रामेछाप, कास्कीलगायत जिल्लामा समेत चियाखेती गर्न थालिएको छ । देशभर करिब ९० हजार व्यक्तिले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गर्दैआएका छन् । नेपालमा ८६ वटा साना उद्यम छन् । नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशत विदेश निर्यात हुन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार चिया उत्पादन बढाउनकै लागि चिया क्षेत्र घोषणा भएका बाहेकका जिल्लामा समेत चियाखेती विस्तार गर्नका लागि प्रवद्र्धन गरिएको छ । त्यस्तै बोर्डले चियाको गुणस्तरको वृद्धि गर्नका लागि वर्षेनी तालीम तथा परामर्शको कार्यक्रम सञ्चालन गर्दैआएको छ । बोर्डका अनुसार नेपालमा आव २०७३/७४ मा २७ हजार ६८८ हेक्टर जमिनबाट दुई करोड ४२ लाख ७३ हजार ७४४ किलो चिया उत्पादन भएको थियो । देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्लामा झापा, इलाम, पाँचथर, तेह्रथुम रहेका छन् । रासस
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












