नेप्सेमा दोस्रो तलमा आगलागी हुँदा ६५ लाख बराबरको क्षति
काठमाडौं, २८ मंसिर । नेप्सेको भवनमा गएराति आगलागी हुँदा ६५ लाख बराबरको क्षती भएको छ । नेप्सेको दोस्रो तलामा राति करिब ९ बजेर ३० मिनेटमा आगलागी हुँदा लगभग ६५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमानमा देखिएको हो ।
‘लगभग ६५ देखि ७० लाख क्षति भएको अनुमान गरेका हौं, तर बीमा कम्पनीले अवलोकन गरेर गएको छ, उसको रिपोर्ट आएपछि वास्तविक क्षति आउला,’ नेप्सेका एक उच्च अधिकारीले भने । नेप्सेले शिखर इन्स्योरेन्स कम्पनीमा बीमा गराएको छ ।
आगलागीबाट ४ वटा एसी, दर्जन बढि कम्प्युटर, केही थान कुर्सी, फनिर्सिङ र आन्तरिक वायरिङमा आगोबाट क्षति भएको छ । नेप्सेको भवनको सिलिङमा ढलानको बिकल्पमा फलामका पाताहरुको प्रयोग भएको छ । त्यसमा प्रयोग गरिएको फनिर्सिङ पानी र आगोले क्षति पुग्ने किसिमको रहेकोले तल्लो तल्लाको सिलिङमा आगो निभाउन प्रयोग भएको पानीको कारण क्षति पुगेको छ ।
नेप्सेको भवनमा नै रहेको सर्भरमा भने कुनै समस्या नरहेको नेप्सेले उल्लेख गरेको छ । विद्युत आपुर्तीमा समस्या हुँदा मात्रै कारोबार ढिलो सुरु भएको नेप्सेले उल्लेख गरेको छ । लगानीकर्ताको सेयर स्वामित्व सम्बन्धि तथ्यांकहरु सबै सुरक्षित रहेको नेप्सेले बताएको छ । बिहीवार १ बजेबाट सेयर कारोबार भएकोले ५ बजेसम्म कारोबार खुल्ने भएको छ । साविकका दिनमा बजार ११ बजेदेखि ३ बजेसम्म खुल्ने गरेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












