शेयरबजारको ओरालो लाग्ने क्रम रोकिएन्, आज नेप्से साढे २१ अंकले घट्यो
काठमाडौं, १२ पुस । नेपाली शेयर बजारको परिसूचक नेप्से लगातार आरोलो लाग्ने क्रम जारी छ । नेप्से बुधबार साढे २१ अंकले घटेको छ । मंगलबार पनि साढे २० अंक भन्दा धेरैले ओरालो लागेको नेप्से बुधबार २१ दशमलव ५३ अंकले घटेर १४ सय २५ दशमलव ५१ विन्दुमा झरेको हो ।
बजार खुलेलगत्तै झरेर १४ सय २२ विन्दुको हाराहारी पुगेको नेप्से फेरि बढेर १४ सय ४३ विन्दु पार गरेको थियो । तर फेरि घट्न थालेको नेप्से बजार बन्द हुँदा १४ सय २५ दशमलव ५१ विन्दुमा आइपुगेको हो । बुधबार सवैभन्दा धेरै बिमा समूहको परिसुचक झण्डै १ सय ३७ अंकले घटेको छ ।
विकास बैंक समुह झण्डै २५, जलविद्युत समूह २४ भन्दा बढी, लघुवित्त समूह झण्डै २४, बैकिङ समूह झण्डै १८ अंकले घटेको दिन बुधबार उत्पादन समूह भने साढे ६ अंकले बढेको छ ।
बजार घटेपनि बुधबार कारोबार रकम भने मंगलबारभन्दा २२ करोडले बढेको छ । ७६ करोड ५७ लाखभन्दा धेरैको शेयर किनबेच भएकोमा बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर झण्डै ११ करोडको कारोबार भएको छ ।
बुधबार स्ट्याण्डर्ड चार्टर्ड बैकको शेयरपनि १० करोड ७४ लाखभन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बजार घटे पनि बुधबार महुली सामुदायिक लघुबित्त कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशत नाफा कमाएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












