आफ्नो समेत लगानी रहेको सोल्टी होटलको उद्घाटन गर्न पूर्वराजा नेपालगञ्जमा
नेपालगञ्ज, १४ पुस । नेपालगञ्जमा निर्माण भएको सोल्टी होटलको शाखा उद्घाटन गर्न पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगञ्ज पुगेका छन्। आफ्नो समेत लगानी रहेको सोल्टी होटलको उद्घाटन गर्न ज्ञानेन्द्रसँगै श्रीमती कोमल बुहारी हिमानी समेत नेपालगञ्ज पुगेका छन् ।
सोल्टी शिवविक्रम होटल एण्ड रिसोर्ट नाम राखिएको छ। काठमाडौंमा सोल्टी होटल स्थापना भएको ५० वर्षपछि नेपालगञ्जमा पनि चार तारे होटल निर्माण गरिएको हो। ८१ बेडरुमको होटल डिसेम्बर २० देखि बुकिङ खुल्ला गरिएको थियो। अंग्रेजी नयाँ वर्षमा विशेष कार्यक्रम गरि होटलको आंशिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
यही कार्यक्रमलाई लक्षित गरि पूर्व राजा ज्ञानेन्द्र एक हप्ताको लागि नेपालगञ्ज गएका हुन्। पूर्व राजा शाह जनवरी ६ सम्म नेपालगञ्जमा रहने कार्यक्रम छ। बलिउड कलाकारको उपस्थितिमा नयाँ वर्षमा विशेष कार्यक्रम आयोजना गरिएको सोल्टी होटलका मार्केटिङ प्रमुख साम्बाविक्रम शाहले जानकारी दिए।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












