एउटा बैंक छाडेका सिइओले अर्कोमा जागिर खान ६ महिना पर्खनुपर्ने, अनिल शाह प्रभावित
काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ नियम लागू गरेको छ । राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओ र सञ्चालकले एउटा बैंक छाडेको ६ महिनासम्म अर्को बैंकमा काम गर्न नपाउनेगरी नयाँ व्यवस्था गरेको हो ।
कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट जुनसुकै कारणबाट निवृत भए पनि कम्तीमा छ महिना अर्को बैंक तथा वित्तीय संस्थामा काम गर्न पाइने छैन । पछिल्लो समय बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकले छिटोछिटो संस्था परिवर्तन गर्न थालेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।
स्वतन्त्र सञ्चालकको हकमा भने यो व्यवस्था लागू नहुने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । यो व्यवस्था वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा लागू भएको छ । यसअघि मेगा बैंकको सिइओ छाडेर नबिल बैंक जान लागेका अनिलकेशरी शाह पनि नयाँ नियमबाट प्रभावित हुने भएका छन् ।
शाह सुरुमा मेगा छाडेर सेञ्चुरी बैंक जाने तय भए पनि पछि उनले नबिलसँग सम्झौता गरेका थिए । त्यस्तै नबिल बैंक छाडेर बसेका शशिन जोशी पनि नयाँ बैंकमा अनुबन्ध हुन ६ महिना कुर्नुपर्नेछ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












