६५ अर्ब कर तिर्न टेलियालाई सरकारको १५ दिने अल्टिमेटम
काठमाडौं, १९ पुस । सरकारले ६५ अर्ब कर तिर्न टेलियालाई १५ दिने अल्टिमेटम दिएको छ । आफ्नो स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत शेयर हस्तान्तरण गर्दा लाग्ने पूँजीगत लाभकर बाफतको ६५ अर्ब कर तिर्न १५ दिने अल्टिमेटम दिईएको हो ।
मंगलवार ठूला करदाता कार्यालयले टेलियासोनेराले आफ्नो स्वामित्वको शेयर हिस्सा आजियाटाको नाममा विक्री गर्दा लागेको पूँजीगत लाभकरको दायीत्वमा ब्याजसमेत जोडेर ६५ अर्ब ४० करोड रुपैयाँ कायम गरेको छ । उक्त रकम १५ दिनभित्र तिर्न पनि कार्यालयले स्वीडेनस्थित टेलियासोनेरा कम्पनीका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।
पटक-पटक ताकेता गर्दा पनि कर दाखिला नगरेपछि कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । कार्यालयले गत असारमा टेलियाका नाममा ब्याज तथा जरिवानासमेत जोडेर ६० अर्ब ७१ करोड रुपैयाँ पूँजीगत लाभकर कायम गरेको थियो । त्यसयता ६ महिनासम्म कर दाखिला नगरेपछि कार्यालयले त्यसमा लाग्ने १५ प्रतिशत ब्याज जोडेर नयाँ दायित्व सार्वजनिक गरेको हो ।
निर्धारित समयमा पनि कर दाखिला नगरे आयकर ऐन २०५८ बमोजिम अन्य कदम चाल्न बाध्य हुने कार्यालयले स्पष्ट पारेको छ । यसअघि कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत स्वीडेनको परराष्ट्र मन्त्रालयलाई पनि कर तिराउने प्रक्रियामा सहयोग पुर्याउन कुटनीतिक पत्राचार गरेको थियो । यद्यपि, हालसम्म टेलियाबाट कुनै प्रतिक्रिया आएको छैन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












