नेपालको पुँजी बजारमा भोलिदेखि दुई अर्बभन्दा बढीको आइपिओ खुल्दै
काठमाडौं, १ माघ । नेपालको पुँजी बजारमा नयाँ नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पुँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएको सन्दर्भमा मंगलबारदेखि दुई महत्वपूर्ण कम्पनीको म्युचुअल फण्डको बिक्री सुरु हुने भएको छ ।
ती दुई कम्पनीको दुई अर्ब बराबरको म्युचुअल फण्डको बिक्री शुरु हुनेछ । नेपाल स्टक एक्सचेन्जमा हाल कूल ११ कम्पनीका त्यस्ता फण्डको कारोबार भइरहेको छ । पछिल्लोपटक सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलले रु एक अर्ब बराबरको सामूहिक लगानी कोषको इकार्ई बिक्री गर्ने भएको छ ।
त्यस क्यापिटलले रु १० प्रतिइकाईका दरले १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन खुल्ला गरेको हो ।
कम्पनीका अनुसार प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाई अर्थात १०० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात् दुई करोड रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ । क्यापिटलले ल्याएको सातवर्षे बन्दमुखी यो सामूहिक लगानीकोषमा आगामी माघ २ गतेदेखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने जनाइएको छ ।
एनआइसी एसिया क्यापिटलले व्यवस्थापन गरेको एनआइसी एसिया ग्रोथ फण्डको बिक्रीसमेत मंगलबारदेखि सुरु हुने भएको छ । एनआइसी एसिया क्यापिटल म्युचुअल फण्डको आकार रु एक अर्ब बराबरको छ । जसमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी रहेको आठ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री गरिनेछ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म बिक्री गरिनेछ । यो म्युचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् ।
उक्त म्युचुअल फण्डले औसत वार्षिक न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने विश्वास दिलाएको छ । उक्त म्युचुअल फण्डको वार्षिक प्रतिफल पहिलो वर्ष १५.५७ तथा सातौँ वर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको कम्पनीले जनाएको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












