नेको इन्स्योरेन्सले दोस्रो त्रैैमासमा ११ करोड ६५ लाख नाफा कमायो
काठमाडौं, २९ माघ । नेको इन्स्योरेन्स लिमिटेडले ले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा सन्तोषजनक नाफा गरेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ६५ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ७ करोड ३३ लाखमा सीमित थियो ।
अघिल्लो वर्ष ६४ करोड ७४ लाख रुपैयाँ रहेको बिमाशुल्क आर्जन बढेर ८० करोड ९८ लाख पुुगेकोले नाफा समेत बढेको हो । समीक्षा अवधिमा नेको इन्स्योरेन्सले पुनर्बिमा कमिसन आय ५ करोड ९६ लाखबाट बढाएर ८ करोड १८ लाखको उचाईमा पुर्याएको छ । यस्तै, लगानी कर्जातथा अन्यबाट हुने आय समेत १ करोड ६० लाखबाट बढाएर ३ करोड ६० लाख पुर्याएको छ ।
यो अवधिमा कम्पनीले १८ करोड ७१ लख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ८ करोड ८८ लाखमा सीमित थियो । कम्पनीको व्यवस्थापन खर्च भने अत्यधिक बढेको छ । अघिल्लो वर्ष ६ करोड २२ लाख रहेको यस्तो खर्च बढेर ९ करोड २९ लाखको उचाईमा पुुगेको छ ।
नेकोले रिजर्ब कोषतर्फ कमालको प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १२ करोड ९७ लाख रुपैयाँ रहेकोमा बढेर २५ करोड ९३ लाखको उचाई चुमेको छ । बिमा कोषमा ३४ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यो कोषमा २१ करोड ६७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा नेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २९.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०९.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.४६ गुणा कायम भएको छ ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












